नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालले जनाए ऐक्यबद्धता | Khabarhub Khabarhub

नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालले जनाए ऐक्यबद्धता


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनसनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले राखेका मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका हुन् ।

राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएको जनाउँदै उनले तत्काल नेविसंको माग पूरा गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिकसत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्ने लगायत माग राख्दै नेविसंघले एक महीनादेखि उपकुलपति कार्यालयको परिसरमा रिले अनसन जारी राखेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : १९ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको