‘मिसेस नेपाल ग्ल्याम’को तयारी | Khabarhub Khabarhub

‘मिसेस नेपाल ग्ल्याम’को तयारी


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहीबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी चैत ७ मा हुनेछ । प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविस्य सुधार्ने उदेश्य रहेको प्रतियोगिता इन्टरटेनमेन्टकी प्रिती कार्कीले बताइन् । शीर्ष सहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसनल’मा सहभागिता जनाउन पाउनेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ३० बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका