‘आपराधिक घटना परिवार र आफन्तबाटै’ | Khabarhub Khabarhub

‘आपराधिक घटना परिवार र आफन्तबाटै’


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै/छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाइ’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी दिएको हो ।

प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको जानकारी दिए । उनले भने, “हामीले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिले नै परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताउँदै आएका छन् ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ का राजबहादुर चन्दले आफ्ना तीन महिने छोराको हत्या गर्नुका साथै बुबाआमा, श्रीमती र भाइलाई कुटपिटको गरेको घटना भएको थियो ।

यसका साथै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नी छोरीलाई गोली हानी हत्याको घटना र गत माघ २१ गते दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनामा भाइ नातापर्ने दिनेश भट्टको संलग्नताको आरोप लागेको छ ।

ती केही आपराधिक घटना परिवार र आफन्तबाटै भएको जनाइएको छ । प्रनाउ अधिकारीले भने,“घरपरिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछि प्रहरीलाई सुरक्षा चुनौती बढेको छ । ”

मदिरा मुख्य कारण

बैतडीका भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ । नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुने गरेका छन् । उनले भने, “नब्बेप्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन् ।”

दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलमासमेत मदिरा बिक्री हुने गरेको स्थानीयवासीले गुनासो गरेका थिए । मदिरा बिक्रीवितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने प्रहरीको जोड छ ।

चेतनाको कमीका कारणले पनि आपराधिक घटना बढिरहेका प्रहरीले जनाएको छ । चेतना अभावको कमीले पनि आपराधिक घटना हुने गरेका प्रहरी उनले बताए । उनले भने, “चेतनाको अभावले यस्ता घटना बढेका देखिन्छन् ।”

अन्य सहभागीले युवापीढिका लागि मनोपरामर्श जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोलटोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिए ।

जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाइ गर्ने कार्यक्रम रहेको छ । हालसम्म पाटन र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तर रुपमा कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ३ : ४८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही