चलचित्र पत्रकार संघ सुनसरीमा विनोद | Khabarhub Khabarhub

चलचित्र पत्रकार संघ सुनसरीमा विनोद


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । हिजो बुधवार हार्ट एफएम धरानका कार्यक्रम संयोजक एवं रंग पत्रकार विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह–सचिव शरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आरबी कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी र सुप्रीया राई रहेका छन ।
समितिको बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठक पछि थप गर्ने तदर्थ समितिका सचिव भट्टराईले बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत, चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हल संचालक, निर्माता तथा कलाकार पर्शुराम चौधरी, निर्माता तथा निर्देशक भीम लामालगायतको उपस्थिति थियो । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष राजकुमार राई प्रमुख अतिथि थिए ।

चलचित्र पत्रकार संघ नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने बताइएको छ । संघको आगामी चैत ३ गते केन्द्रीय साधारण सभा हुँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : ३० बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा