आईसीसी विश्वकप लिग-२ : क्यानले क्याम्पमा बोलायो ३२ खेलाडी, भेट्रान स्पिनर रेग्मी परेनन् | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग-२ : क्यानले क्याम्पमा बोलायो ३२ खेलाडी, भेट्रान स्पिनर रेग्मी परेनन्



काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ का लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

विहीबार बेलुकी क्यानले सार्वजनिक गरेको खेलाडी सूचिमा अधिकाशं खेलाडी नयाँ छन् । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी बन्द प्रशिक्षणमा बोलाइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाए ।

क्यानले माघ २४ अर्थात् शनिबारबाट पहिलो चरणको प्रशिक्षण सुरु हुने जानकारी गराएको छ । जसमा २१ जना खेलाडी सहभागी हुनेछन् भने बाँकी खेलाडी दोस्रो चरणमा क्याम्पमा जोडिने उनले बताए ।

क्यानले पहिलो चरणका लागि बोलाएका खेलाडी

पृथु बास्कोटा, सौरभ खनाल, बिक्रम शोव, राजेश पुलामी मगर, रौहित कुमार पौडेल, सुशान भारी छन् । यस्तै, क्यानले साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरिशंकर शाहलाई बोलाएको छ भने विवेक यादव, राम नरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खड्गबहादुर बोहरा, अनुज चुनारा र पवन शर्राफलाई पहिलो चरणको क्याम्पका लागि बोलाएको छ ।

पहिलो चरणको क्याम्प १ हप्ताको हुने सम्भावना रहेको सचिव प्याकुरेलले बताए ।

‘पहिलो चरणको क्याम्प सम्भवत १ साताको हुनेछ । सबै खेलाडी एकै पटक बोलाउँदा प्रशिक्षण प्रभावकारी नहुनेभन्दै दुई चरणमा बोलाइएको हो,’ सचिव प्याकुरेलले भने ।

दोस्रो चरणका लागि बोलाइएको खेलाडी

क्यानले अनुभवी खेलाडीलाई दोस्रो चरणका लागि बोलाएको छ । जसमा शरद भेषावकर, अभिनाश बोहरा, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने छन् । यस्तै, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ललाइृ दोस्रो चरणका लागि बोलाइएको छ ।

यस पटक राष्ट्रिय टोलीका भेट्रान स्पिनर वसन्त रेग्मी भने क्यानले क्याम्पका लागि बोलाएको टोलीमा अटाएका छैनन् ।इन्जुरीका कारण रेग्मीले प्रधानमन्त्री कपमा पनि केही खेल गुमाएका थिए ।

‘को खेलाडी परे परेनन् भन्ने कुरा नितान्त छनोट समितिको हो । यसमा हामीले केही भन्न सक्दैनौं,’ सचिव प्याकुरेलले वसन्त रेग्मीबारे गरेको प्रश्नमा भने ।

नेपालले मार्च महिनामा ओमान र अमेरिकासँग ओमानमा आफ्नो दोस्रो सिरिज खेल्दैछ ।

यसअघि काठमाडौंमा खेलेको नेपालले अमेरिकासँगका दुई खेल जितेको थियो भने ओमानसँगका दुई खेलमा हार व्येहोरेको थियो ।

मुख्य प्रशिक्षकका रुपमा अस्ट्रेलियन पूर्व क्रिकेट डेभ वाटमोर आएपछि क्यानले पहिलो पटक क्याम्प बोलाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ९ : २१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६