नेकपा 'दाहाल–नेपाल' पक्षले गरेको आमहड्ताल कस्तो रह्यो ? (भिडियोसहित) | Khabarhub Khabarhub

नेकपा ‘दाहाल–नेपाल’ पक्षले गरेको आमहड्ताल कस्तो रह्यो ? (भिडियोसहित)



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले विहीबार मुलुकभर आह्वान गरिएको आमहड्ताल सफल भएको जनाएको छ ।

प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर गरिएको आमहड्ताल अपराह्न ५ बजेपछि खुलेको हो ।

विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।

उनले भने, ‘नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।’

शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल प्रयोगको आरोप लगाउँदै उनले  सयौं नेता कार्यकर्ता पक्राउ पर्नुका साथै केही नेताहरु घाइते भएको जानकारी दिए ।

नेकपा अध्यक्षद्वय दाहाल र नेपालले के भने ? (हेरौँ भिडियो)

आमहड्तालका क्रममा काठमाडौंमा बिहानीपख छिटफुट मात्रामा सवारी साधन चलेपनि कार्यालय समयपछि भने प्रभाव परेको थियो । आमहडतालमा नेकपाका शीर्ष नेताहरु सहभागी भएका थिए ।

आमहडतामा के के भयो ?  हेरौँ भिडियो

तस्वीरमा हेर्नुहोस् आम हडतालमा देखिएको काठमाडौंः

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ४ : ०१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द