आम हड्ताल : चलेका छैनन् सार्वजनिक सवारी, बन्द गराउँदै हिँड्ने पक्राउ (फोटो फिचर) | Khabarhub Khabarhub

आम हड्ताल : चलेका छैनन् सार्वजनिक सवारी, बन्द गराउँदै हिँड्ने पक्राउ (फोटो फिचर)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि काठमाडौं उपत्यकाभित्र बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

काठमाडौं उपत्यकालाई विषेश राखेर सुरक्षा व्यवस्था मिलाइएको छ। लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले सुरक्षा रणनीति पनि त्यही अनुसार तयार पारिएको छ।

शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ। आज प्रहरीले क्विक रेस्पोन्स टिम बनाएको छ। साविकको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन्। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले निगरानी गरेको छ भने बन्द आह्वान गर्दै हिँड्ने पक्राउ परेका छन् ।

तस्वीरमा हेर्नुहोस् नेकपा प्रचण्ड-माधव समुहले घोषणा गरेको आम हड्तालको दृश्य

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न