सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते « Khabarhub

सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री शाहसहित ५ घाइते


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्दियामा सवारी दुर्घटना हुँदा पूर्वराज्यमन्त्री विनोदकुमार शाहसहित पाँच जना घाइते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री शाह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री शाहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : ०८ बजे

हुमागाईंले बोलाए ४० खेलाडीलाई बन्द प्रशिक्षणमा

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्धको

त्रिपालमुनि राख्नु परेपछि कैदीको स्थानान्तरण

चितवन- भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि

इजिप्टमा चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु

काठमाडौँ- इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको

बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो

जुम्ला- १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय

पर्वतारोहणका लागि नयाँ हिमाल खुलाउँछौँ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि