चिनियाँ अर्बपति ज्याक मा बेपत्ता | Khabarhub Khabarhub

चिनियाँ अर्बपति ज्याक मा बेपत्ता


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ अर्बपति ज्याक मा बेपत्ता भएका छन् ।

अलीबाबा समूहका सञ्चालक ज्याक मा दुई महिनायता बेपत्ता भएको डेलिमेलले जनाएको छ ।

गत अक्टोबरमा संघाईमा गरेको भाषणमा ज्याकले चीनका वित्तीय नियामक तथा सरकारी बैंकको चर्को आलोचना गरेका थिए । सरकारी बैंकको चर्को ब्याजले नयाँ काम सुरू गर्नेहरूलाई हतोत्साही गरेको भन्दै सरकारको तिखो आलोचना गरेका थिए ।

उनको आलोचना सरकार र चिनियाँ कम्युनिष्ट पार्टी लक्षित भएको ठान्दै चीन सरकारले ज्याकमाका व्यवसायमा त्यसयता नै प्रतिबन्ध लगाएको पनि दाबी गरिएको छ ।

गत नोभम्बरमा चिनियाँ अधिकारीहरुले ज्याकको एन्ट ग्रुपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बित गरिदिएका थिए। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ज्याकको एन्ट ग्रुपको आईपीओ रद्द गर्ने आदेश राष्ट्रपति चिनफिङले दिएका थिए।

त्यसपछि उनी नोभेम्बरबाट सम्पर्कबिहिन भएको समाचारमा उल्लेख छ । ज्याक आफ्नो टीभी सो ‘अफ्रिका बिजनेस हिरोज’को नोभेम्बरमा सम्पन्न फाइनलअघि नै बेपत्ता भएका थिए। उक्त सोबाट उनको तस्बिरसमेत हटाइएको थियो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका