५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ | Khabarhub Khabarhub

५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट पूर्वप्रहरी पक्राउ


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाइन्सको १२ बजेर २५ मिनेटको उडानमा भद्रपुर जाने क्रममा झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा जाँचको क्रममा राईको साथबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

राई प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) भएको खुलेको छ । उनले प्रहरी ज्याकेट लगाएर ५० थान गोली लिएर हिँडेका थिए ।

विमानस्थलको आन्तरिक उडानतर्फ जाँच गर्दा दर्ज्यानी चिन्हसहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली बरामद भएको हो ।  उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी बाँस्तोलाले बताए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : २३ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले