सडकबाट ३५० बेसहाराको उद्धार | Khabarhub Khabarhub

सडकबाट ३५० बेसहाराको उद्धार


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ– मुलुकलाई नै बेसहारा सडक मानवमुक्त बनाउने उद्देश्य बोकेर मेची¬ महाकाली उद्धार अभियानमा लागेको मावनसेवा आश्रमले पछिल्ला १० दिनमा झण्डै ३५० बेसहाराको सडकबाट उद्धार गरेको छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले यही पुस ९ गतेबाट शुरु भएको एक महिने मेची महाकाली सडक उद्धार अभियानका क्रममा आजसम्म यसरी उनीहरुलाई उद्धार गरी संरक्षण दिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ बाट २५४ र प्रदेश नं २ बाट ८१ सहयोगापेक्षीको उद्धार गरिएको तथा बाँकी वाग्मती र गण्डकी प्रदेशका केही जिल्लाबाट उद्धार भएका छन् । अहिले पनि गण्डकी प्रदेशमा उद्धारको अभियान जारी छ । उनका अनुसार यहाँका विभिन्न स्थानीय तहसँगको समन्वयमा उद्धार अभियान चलाइएको छ ।

सरकारले विसं २०७८ भित्र मुलुकलाई बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । उक्त सरकारी सङ्कल्प पूरा गर्ने आधार तयार पार्न मानवसेवा आश्रमले अहिले राष्ट्रिय उद्धार अभियान लिएर मेची महाकाली सडक यात्रा गरेको आश्रमले जनाएको छ ।

कोही पनि भोको नाङ्गो भएर र एक छाक खान नपाएर, माग्न पनि नसक्ने अवस्थामा सडकमा बसिरहेका व्यक्तिको संरक्षण गर्ने योजनाका साथ विसं २०६९ मा उक्त आश्रम स्थापना भएको थियो । सोही अभियानलाई साकार पार्न पछिल्लो समयमा नेपाल सरकारसँग सहकार्य भएको छ । टोलीले सातै प्रदेशका विभिन्न जिल्लामा पुगेर सडकमा रहेका असहायहरुको उद्धार गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ०५ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको

फेवातालमा डुंगा दुर्घटना, पाँचै जनाको सकुशल उद्धार

पोखरा– कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा