आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार : डा. महत « Khabarhub

आगामी निर्वाचनपछि कांग्रेसको एकल सरकार : डा. महत


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङलिङ- नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन् ।

बुधबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।’

अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए ।

सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, ‘पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।’

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गर्नुभयो । उनले भने, ‘पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारीसँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।’

डा महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको बताए । उनले भने, ‘अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।’

उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्व नदिएको आरोप पनि लगाए । पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उनले बताए । तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : १० बजे

घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर

काठमाडौं महानगरको मतगणना चाँडो गर्ने विषयमा छलफल भइरहेको छ : आयोग

काठमाडौं- काठमाडौं महानगरपालिका मतगणना ढिलाइप्रति ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको

बालेनको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवा पक्राउ

खोटाङ–  काठमाडौँका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाजी गर्ने

काठमाडौं महानगर अपडेट : बालेन साहले मतान्तर बढाउँदै

काठमाडौं- काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै

रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे

काठमाडौं– रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका