खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान | Khabarhub Khabarhub

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघसंस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो । महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो ।

खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्याल तथा टुकुचामा जडान गरिएको बत्तीको एसएसपी भट्टराई र काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिदैँ आएको बताए ।

‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौँ, यसका लागि विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं’, उनले भने । कार्यक्रममा एनसेलका सुरक्षा प्रमुख अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे । कार्यक्रममा काठमाडौँ महानगरपालिका–१ का वडा सदस्य श्रेष्ठले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई सबै तहबाट सहकार्य एवं सहयोग हुनुपर्नेमा जोड दिए । उनले हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए । महाशाखाको सक्रियतामा हाल उपत्यकाको मुख्य ३८ चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : २० बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई