बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण यी हुन् | Khabarhub Khabarhub

बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण यी हुन्


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् ।

आज नेपाल बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो । चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो ।’

बारका पूर्वउपाध्यक्ष भट्टराईले भने, ‘ प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् ।’

भट्टराईका अनुसार यी हुन् प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण
१. न्यायमा अवरोध सिर्जना ।
२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३. न्यायिक विचलनलाई प्रोत्साहन ।
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।
६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
९. भ्रष्टाचार र बेथिति मौलायो ।
१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ३७ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल