युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित | Khabarhub Khabarhub

युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  इटालीयन सिरी ए क्लब युभेन्ट्स युईएफए च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले दुई गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले एक-एक गोल गरे ।

पराजित पिटरस्बर्गको लागि सरदार अज्माउनले एक गोल गर्दा युभेन्ट्स डिफेण्डर लिओनार्दाे बोनुचीले आत्माघाति गोल गरे ।

घरेलु मैदान टुरिनमा युभेन्ट्सका डिबलाले सुरुवाती अग्रता दिलाए । ११ मिनेटमा डिबलाले गोल गर्दा बोनुचीले २६ मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए ।

५८ मिनेटमा डिबलाले पेनाल्टीमा गोल गर्दा युभेन्ट्सले २–१ को अग्रता बनायो । यसपछि खेलको ७३ मिनेटमा फेडेरिको र ८२ मिनेटमा मोरटाले गोल गर्दै युभेन्ट्सलाई ४–१ को अग्रता दिलाए । ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै पिटरस्बर्गलाई सरदारले ४–२ को अवस्थामा पुर्याएपनि हार टार्न भने सकेनन् ।

जितसँगै युभेन्ट्सले समूह एचमा ३ अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनाएको छ । ४ खेलमा अपराजित रहँदै १२ अंक बनाउको युभेन्ट्स शीर्ष स्थानमा छ । पिटरस्बर्गको भने ४ खेलबाट १ जित सहित ३ अंक रहेको छ ।

समूह ‘एच‘ को खेलमा इंग्लिस क्लब चेल्सी कठिन जित सहित अन्तिम १६ नजिक रहेको छ । स्विडेनमा भएको खेलमा चेल्सीले घरेलु टोली माल्मो एफएफलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे ।

चेल्सीको जितमा एक मात्रै निर्णायक गोल हाकीम जियेचले गरे । उनले खेलको ५६ मिनेटमा गोल गरेका थिए ।

बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै साविक विजेता चेल्सी अन्तिम १६ नजिक रहेको छ ।

समूह ‘एच’ मा ४ खेलमा ३ जित र एक हारसहित चेल्सी ९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित माल्मो भने ४ खेलमा विना कुनै अंक पुछारमा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले