टोकियो ओलम्पिक : एथ्लेटिक्समा उदाए नयाँ स्टार | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : एथ्लेटिक्समा उदाए नयाँ स्टार


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीनले अमेरिकामाथिको अग्रता अझ फराकिलो बनाएको छ । चीनले मङ्गलबार तीन स्वर्ण पदक थप्यो, अमेरिकाले दुई वटामात्र । चीनको ३२ वटा र अमेरिकाको २४ स्वर्ण पदक छ । तेस्रो स्थानमा रहेको जापानको १९ स्वर्ण पदक छ ।

बृहत खेलकुदको सबैभन्दा महत्वपूर्ण खेल एथ्लेटिक्समा केही रोमाञ्चक प्रदर्शन र नयाँ इतिहास बन्ने क्रम जारी छ ।

एथ्लेटिक्सको महिला लङजम्पमा जर्मनीकी मिहाबो मालाकीले स्वर्ण, अमेरिकाकी ब्रेटनी रिसले रजत र नाइजेरियाकी एस ब्रुमले कास्य पदक जितिन् । पाँच जम्पसम्म रिसले अग्रता लिए पनि मालाकीले अन्तिम जम्प राम्रो गरेकी थिइन् ।

केही स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका अमेरिकी खेलाडी अर्का सुपर स्टारकै कारण छायामा परे । पुरुषको ४ सय मिटर हर्डल्समा आफ्नो पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै नर्वेका कार्सटन ओहरलमले स्वर्ण, अमेरिकाका बेन्जमिन राईले रजत र ब्राजिलका एलिसन सान्टोसले कास्य पदक जिते ।

ओहरलमले आफ्नै नाममा रहेको ४६.७० सेकेन्डको कीर्तिमान उनले भङ्ग गर्दै ४५.९४ को नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । अमेरिकाका बेन्जामिन राईले ४६.१६ सेकेन्डमा रेस पूरा गर्दै रजत पदक जिते । ब्राजिलका अलिसन डास सान्टोसले पनि ४६.७२ को समयमा पूरा गर्दै कास्य पदक जिते ।

साँझको सत्रमा एथ्लेटिक्समा चार स्वर्ण पदकको टुङ्गो लाग्दा स्विडेन, पोल्यान्ड, जमैका र अमेरिकाले बाँडे ।

पुरुष पोल भोल्टमा विश्व कीर्तिमानधारी स्विडेनका अर्मान्ड डु प्लान्टिसले स्वर्ण पदक जिते । सो स्पर्धामा अमेरिकी क्रिस्टोफर नेल्सनले रजत र डिफेन्डिङ च्याम्पियन ब्राजिलका थिएगो ब्राजले कास्य पदक जिते ।

महिला ह्यामर थ्रोमा पोल्यान्डकी अनिता ओल्डरजिकले स्वर्ण पदक जितिन् । उनले लगातार तीन ओलम्पिकमा स्वर्ण जितेकी हुन् । सो स्पर्धामा चीनकी वाङ जेनले रजत र पोल्यान्डकै कोप्रन मालबिनाले कास्य पदक जिते ।

शीर्ष बरियताको खेलाडीको रूपमा प्रतियोगितामा सहभागी डियना प्रायसले खराब प्रदर्शन गर्दै आठौँ स्थानमा सीमित भइन् ।

महिला २ सय मिटरमा जमैकाकी एलेना हेराथ थोम्सनले स्वर्ण र नामिबियाकी क्रिस्चियन एमबोबाले रजत पदक जिते । अमेरिकाकी ग्राब्रियल थोेमसले कास्य पदक जितिन् । हेराथले ओलम्पिकमा सय मिटर र २ सय मिटर दुवैमा स्वर्ण पदक जित्ने दुर्लभ सफलता पाएकी हुन् ।

अमेरिकाको खराब प्रदर्शन भइरहेको समयमा सुडानी आप्रवासी आमाबाबुकी छोरी एथिङ मुले ८ सय मिटर दौडमा स्वर्ण पदक जितिन् । आधा शताब्दीभन्दा लामो समयमा यो स्पर्धाकमा अमेरिकाको पहिलो स्वर्ण पदक हो ।

कठोर पारिवारिक पीडा सहेकी उनका आमा र बाबुको बीचमा सन् २००३ मा सम्बन्ध विच्छेद भएको थियो । इन्डोर दौडमा प्रभाव जमाउँदै आएकी उनी ६ सय मिटरमा २० वर्ष मुनिको कीर्तिमान राख्न सफल भएकी हुन् ।

जिम्न्यास्टिकको पुरुषको प्यारलल बारमा चीनका जाउ जियान गोउले स्वर्ण पदक जिते । सो स्पर्धामा जर्मनीकी लुकास डाउसरले रजत र टर्कीकी अफ्रिकन फरहातले कास्य पदक जिते ।

महिलातर्फको ब्यालेन्स बीममा चीनकै गुवान चेनचेनले स्वर्ण पदक जितिन् । चीनकी टाङ झिझिङले स्वर्ण पदक जितिन् । सो स्पर्धामा अमेरिकाका सिमोन वाइल्सले कास्य पदक जितिन् ।

टिम स्पर्धाको क्रममा अस्वस्थताको कारण सबै खेल गुमाएकी वाइल्सको यो कमजोर स्पर्धा हो । पुरुषको होरिजन्टल बारमा जापानका हासिमातो डाइकीले स्वर्ण, क्रोएसियाकी टिन सर्बीले रजत र रुसी ओलम्पिक कमिटीका निकिता नागोर्नीले कास्य पदक पाए ।

क्यानोइका चार वटा स्पर्धाका फाइनल मङ्गलबार सम्पन्न भए । न्युजिल्यान्डकी लिसा कारिङटनले महिला कायाक २ सय मिटरको स्वर्ण पदक जितिन् । स्पेनकी टेरेसा पोर्टेलाले रजत र डेनमार्ककी अम्मा जार्गेन्सनले कास्य पदक जिते ।

पुरुष क्यानोइ डबल हजार मिटरमा क्युबाले स्वर्ण, चीनले रजत र जर्मनीले कास्य पदक जिते । पुरुष कायाक एकल हजार मिटरमा हङ्गेरीका बालिन्त कोपान्जले स्वर्ण, हङ्गेरीका एडम भार्गाले रजत र पोर्चुगलकी फर्नान्डो पिमेन्टाले कास्य पदक पाए । महिला कायाक डबल फाइनलमा न्युजिल्यान्डले स्वर्ण, पोल्यान्डले रजत र हङ्गेरीले कास्य पदक पाए

साइक्लिङको पुरुष टिम स्प्रिन्टमा नेदरल्यान्डले स्वर्ण, बेलायतले रजत र फ्रान्सले कास्य पदक पाए । महिला टिम पर्सुटमा जर्मनीले स्वर्ण, बेलायतले रजत र अमेरिकाले कास्य पदक जिते ।

डाइभिङको ३ मिटर स्प्रिङबोर्डमा चीनकी झेइ साइले स्वर्ण, चीनकै वाङजोनगनले रजत र बेलायतकी ज्याक लाउगरले कास्य पदक पाए ।
सेलिङको महिला स्किफमा ब्राजिलले स्वर्ण, जर्मनीले रजत र नेदरल्यान्डले कास्य पदक पाए । पुरुष स्किफमा बेलायतले स्वर्ण, न्युजिल्यान्डकी रजत र जर्मनीले कास्य पदक पाए ।

पुरुषको वान पर्सन डिन्हेमा बेलायतका स्कट गील्सले स्वर्ण, हङ्गेरीका जुसमबोर बरेसेजले रजत तथा स्पेनका हुवाँ कारेडानो मेनेजले कास्य पदक पाए ।

मिश्रित मिलथुलमा इटालीले स्वर्ण, बेलायतले रजत र जर्मनीले कास्य पदक पाए ।

कुस्तीमा ७७ किलो ग्रीको रोमनको उपाधि हङ्गेरीका टोमास लोरिन्जले स्वर्ण जितिन् । सो स्पर्धामा काजकस्तानका अखुदोभ अज्कोलले रजत र जापानका सोही याबुकु र अजरबैजानका राफेक होसिनोभले कास्य दिक जिते ।

ग्रीको रोमनको ९७ किलोको स्वर्ण मुसा एभलोभले जितिन् । सो स्पर्धामा अर्मेनियाका अर्थर अलेस्काभेनले रजत पदक जिते । पोल्यान्डका मिखालिक टाडिलिक र इरानका सराभाबी मोहम्मदले कास्य पदक जिते ।

महिला फ्री स्टाइलमा अमेरिकाकी स्टक मेन्साले स्वर्ण पदक जितिन् । सो स्पर्धामा नाइजेरियाकी ओबुर्डु ब्लेसिङले रजत पदक जितिन् । काजकस्तानकी मेरुम जुमानरोभा र युक्रेनकी चेर्का सोभा अलाले कास्य पदक जिते ।

बक्सिङको महिला फेदरवेटमा फिलिपिन्सकी नेस्टी पेटेसियोलाई हराउँदै जापानकी सेना एरीले स्वर्ण पदक जितिन् ।
भारोत्तोलनमा पुरुष १०९ किलोमा उज्बेकिस्तानका अकबर डुजारेभले स्वर्ण, अर्मेनियाका सिमोन मार्टिसोभानले रजत तथा लाट्भियाका अर्टर प्लेनेकिसले कास्य पदक जिते ।

टिम स्पर्धाको हकमा मङ्गलबार सम्पन्न बास्केटबलको क्वार्टर फाइनलमा सफलता पाउँदै अमेरिका, स्लोभानिया, फ्रान्स र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सन् १९९२ को बार्सिलोना ओलम्पिकदेखि ड्रिम टिमको रूपमा परिचित अमेरिकी बास्केटबल टोलीका लागि अहिलेको समय भने कठिन रहेको छ । प्रतियोगिता अगाडि भएको मैत्रीपूर्ण खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो भने पहिलो चरणमा फ्रान्ससँग पराजय भोगेको थियो ।

यस पटक केही खेलाडी कोभिडका कारण यो ओलम्पिक गुमाएपछि अमेरिकाको टोलीमा सङ्कट थपिएको हो ।

पुरुष बिच भलिबलमा अमेरिका, स्विट्जरल्यान्ड्स, लाट्भिया र अस्ट्रेलियाको जोडी सेमिफाइनल प्रवेश गरेको छ ।
पुरुष फुटबलमा स्पेन र ब्राजिल फाइनल प्रवेश गरेका छन् ।

पुरुष भलिबलमा रुसी ओलम्पिक कमिटी र ब्राजिल सेमिफाइनलमा प्रवेश गरे । विश्व भलिबलको अर्को ठूलो शक्ति इटाली भने अर्जेन्टिनासँग पराजित भयो । वाटर पोलोको महिला स्पर्धामा अमेरिका, स्पेन, हङ्गेरी र रुसी ओलम्पिक कमिटी सेमिफाइनलमा प्रवेश गरे ।

–एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : १९ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके