दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

दमक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा निर्माणाधीन चीन–नेपाल मैत्री औद्योगिक पार्कको तर्फबाट मंगलबार दमक नगरपालिकालाई उपहारस्वरुप स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।

दमक नगरपालिकामा आयोजित कार्यक्रममा पार्कका अध्यक्ष गोविन्द थापाले नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख तथा दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारी लगायतलाई १६ हजार मास्क तथा १५ ओटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको हो ।

सो क्रममा अध्यक्ष थापाले सहयोग भन्दा पनि नेपाली नागरिक कोरोना महामारीको विपत्तिमा परेका बेला पार्कको तर्फबाट उपहार प्रदान गरिएको बताए ।

सोक्रममा नगरप्रमुख ओली, उपप्रमुख अधिकारी लगायतले सहयोग प्रति धन्यवाद व्यक्त गरे । दमक अस्पताल मातहत ३० बेड क्षमताको कोभिड उपचार केन्द्र समेत सञ्चालन गरिएकोमा हाल ३७ जना कोरोना संक्रमितको उपचार भई रहेको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।

दमक नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट यता हाल सम्म ३ हजार १ सय ८० जना संक्रमित भएको र २ हजार २ सय ७१ संक्रमण मुक्त भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ भने हाल ८ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ४१ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको