पल्टु रविदास मृत्यु प्रकरण : दुई बुँदे सहमतिपछि आफन्तले शव बुझे | Khabarhub Khabarhub

पल्टु रविदास मृत्यु प्रकरण : दुई बुँदे सहमतिपछि आफन्तले शव बुझे


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषा प्रहरीको हिरासतमा मृत्यु भएका लक्ष्मीनियाँ गाउँपालका २ सिनुरजोडाका पल्टु रविदासको शव आफन्तले बुझेका छन् । सरकार र परिवारका सदस्यबीच दुई बुँदे सहमतिपछि शव बुझेका हुन् ।

घटनाको पाँच दिनपछि दुई बुँदे सहमति भएको हो । जिल्ला सुरक्षा समितिको बैठकमा सहमति भएपछि परिवारले शव बुझेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

उनका अनुसार उच्च स्तरीय छानविन समिति गठन गरी छानविन गरिने र मृतक परिवारलाई राहतको प्रदान गर्ने सहमति भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकमा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मृतकको श्रीमतीलाई जागिर दिने प्रतिबद्धता जनाएका छन् । मृतक परिवाले भने संघीय सरकारबाट दश लाख र प्रदेशबाट ५ लाख रकम राहत माग दावी गर्दै आएका थिए ।

प्रदेश प्रहरी प्रमुख (डिआजी) उमेश रञ्जितकारले ड्यूटीमा खटिएका सेन्ट्रीलाई छानविनको लागि निलम्बन गरिएको बताए । धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रलाई प्रदेशमा तानिएको उनले बताए ।

गत साउन १५ गते थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा पल्टु रविदासको शव फेला परेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ०४ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्