नक्कली पेस्तोल देखाएर धम्क्याएको आरोपमा दुई जना पक्राउ | Khabarhub Khabarhub

नक्कली पेस्तोल देखाएर धम्क्याएको आरोपमा दुई जना पक्राउ


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको मुलपानीबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कागेश्‍वरी मनोहरा नगरपालिका–७ मूलपानी भैरवचौरस्थित भैरव बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धम्की दिएको आरोपमा दुई जनालाई सोमबार पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा कागेश्‍वरी मनोहरा–८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ का १८ वर्षीय एक किशोर रहेका छन् ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार गत आइतबार दिउँसो बा६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरूले सहकारीमा पेस्तोल देखाएर धम्की दिएको उजुरीका आधारमा खोजी गर्दै जाँदा उनिहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूका साथबाट उटा खेलौना पेस्तोल र स्कुटर बरामद गरेको छ। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०