यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको खोपको प्रमाणपत्र बोक्नु पर्ने | Khabarhub Khabarhub

यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको खोपको प्रमाणपत्र बोक्नु पर्ने


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- यूएई प्रवेश गर्ने नेपालीले क्यूआर कोर्ड भएको कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने भएको छ ।

यूएईस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गरेर मात्र आउन अनुरोध गरेको छ ।

दूतावासका अनुसार पछिल्लो समय खाडीलगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन आग्रह गरेको जनाएको छ ।

दूतावासले हाल नेपालमा नयाँ राहदानी बनाउन फर्किएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लिन र क्यूआर कोर्ड प्राप्त गर्न अनुरोध गरिएको छ ।

दूतावासले नेपालमा रहेका आफन्तलाई यस विषयमा जानकारी दिन पनि यूएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । यस्तै यूएईमा रहेर कोरोनाको खोप लिइसकेका नेपाली नागरिकले त्यो खोप लगाएको प्रमाण साथमा बोकेर विदेश यात्रा गर्न सकिने दूतावासले जनाएको छ ।

यसैगरी कुवेतले क्यूआर कोर्डसहित खोप लगाएको प्रमाणपत्र साथमा बोकेर मात्र प्रवेश गर्न पाइने नियम लागू गरेको छ ।

कुवेतले जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य गरेको छ भने प्रवेश गरेको सात दिनसम्म घरमै क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।

तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखाएमा एक हप्तासम्म क्वारेन्टिन बसिरहनु नपर्ने कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ११ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही