यूरिक एसिड बढ्दा के खाने के नखाने ? « Khabarhub
Logo
२१ श्रावण २०७८, बिहीबार

 यूरिक एसिड बढ्दा के खाने के नखाने ?



रगतमा यूरिक एसिडको मात्रा बढेर भएको बाथलाई चिकित्सा विज्ञानमा गौट बाथ रोग भनेर भनिन्छ । यो रोगले लगभग २ प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । यो रोग लाग्दा एक्कासी जोर्नी रातो, तातो, भएर दुख्ने, सुन्निने र चलाउनै गाह्रो हुने हुन्छ। लक्षण एक्कासी देखा परे पनि यस रोगका पछाडि लामो समयदेखि घर गरेर बसेको अनेकौँ रोग कारक तत्वहरूको ठूलो हात हुन्छ ।

रगतमा यूरिक एसिडको मात्रा बढ्न थाले पश्चात एसिडको क्रिष्टल जोर्नीमा जम्न थाले पश्चात गौट बाथ रोगको लाक्षणहरू देखा पर्दछ । यसरी यूरिक एसिड बढेर गौटबाथ देखिनुमा हामीले खाएको खानेकुराको पनि अहम भूमिका हुन्छ । खानेकुरा विशेषगरि उच्च प्यूरिन भएका खानेकुराहरूको सेवनले यूरिक एसिडको उत्पादन बढाई दिने र गौट भएकाहरूले उच्च यूरिक एसिडलाई शरीरबाट बाहिर निकाल्न नसक्ने हुदाँ रक्त यूरिक एसिडको मात्रा बढ्नेर गौटको रूपमा प्रकट हुने गर्दछ। यसर्थ यूरिक एसिड भएकाहरूले गौटबाथलाई ट्रिगर गर्ने खानेकुरा खानु हुँदैन।

खान हुने खानेकुराहरू : यूरिक एसिड बढेकाहरूले कम प्यूरिन भएको खानेकुराहरू खानुपर्ने हुन्छ । १०० ग्राम खानेकुरामा १०० मिलीग्राम भन्दा कम प्यूरिन भएको खानेकुरालाई कम प्यूरिन भएको खानेकुरा भनिन्छ।

.पर्याप्त पानी : रगतमा यूरिक एसिडको मात्रा निर्जलता (डिहाईड्रेसन)को कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसावद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लिटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउँसो घण्टा घण्टाको अन्तरालमा २/२ गिलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुँदैन ।

.फलफूल : यूरिक एसिड एउटा मेटाबोलिक समस्या भएकाले यसको प्रतिकार गर्नकोलागि प्रशस्त फलफूल एवं सलादको सेवन गर्नु पर्ने हुन्छ । यूरिक एसिडबाट ग्रस्त ब्यक्तिले दैनिक आफ्नो तौलको २ प्रतिशत फलफूल एवं सलाद बिहान एक प्रतिशत र दिउसो एक प्रतिशत गरेर खानुपर्ने हुन्छ अथवा ७० कलोग्राम तौल भएको व्याक्तिले तौलको २ प्रतिशत यानिकि १४०० ग्राम बिहान ७०० ग्राम र दिउसो ७०० ग्राम गरेर खानुपर्ने हुन्छ।

.सग्ला अनाजः यूरिक एसिडलाई जित्न खानेकुराहरूलाई सकेसम्म प्राकृतिक रूपमै खानुपर्ने हुन्छ। प्रशोधित खानेकुराको सेवन यूरिक एसिडको मुख्य कारक तत्व मध्यको एक हो ।

.चेरी : प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुर्‍याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुनबाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा युरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४/४ घण्टामा ३०–४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पुर्‍याउँछ ।

.स्याउ :  दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्रलाइजेसन गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।

.अमिला फलफूल : अमिला फलफूलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।

.फाइवर्स फूड : चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ

. ज्वानाको झोल : यसको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्‍याउछ ।

. सलाद : केरा, ब्रोकाउली, काँक्रो गाजर जस्ता फलफूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी” कम्प्लेक्सहरूले युरिक एसिड बाट हुने वात कम गर्न मद्दत गर्छ ।

१०. आलसको तेलः – आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ।

११.ग्रीन टी :  ग्रीन टी मा एन्टी अक्सिडेण्टको प्रचुर मात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।

खान नहुने खानेकुराहरूः

यूरिक एसिड बढ्दा खान नहुने खानेकुराहरू भने कै उच्च प्यूरीन भएका खानेकुराहरू हुन् । सय ग्राममा २०० मि.ग्रा. भन्दा ज्यादा प्यूरिन भएको खानेकुराहरूलाई उच्च प्यूरिन भएको खानेकुरा भनिन्छ । यसैगरि उच्च फूक्टोज भएको खानेकुराहरू पनि यूरिक एसिडमा विष समान छन् । तर अचम्मको कुरा के छ भने, उच्च प्यूरीन भएको सागपात र उच्च फूक्टोज भएका फलफूलको सेवनले चाही यूरिक एसिडलाई केही गर्दैन।

  • माछा, मासु, अण्डाः मांशाहारी भोजनले यूरिक एसिड भएकाहरूको लागि विष समान काम गर्दछ। मांशहारमा पनि फलमासु जस्तै मुटु, कलेजो, फोक्सो, मृगौला आन्द्रा–भूडी र गीदी आदिको सेवन अत्यन्त हानीकारक छ । यसैगरि शिकारबाट प्राप्त मासु अथवा जङ्गली जनावरको मासु पनि यूरिक एसिडको लागि अत्यन्त हानीकारक सिद्ध छ। यी जनावरबाट प्राप्त खानेकुराहरूमा उच्चमात्रामा प्यूरीन पाईने हुँदा रक्त यूरिक एसिड स्तर बढ्दछ।
  • समुन्द्री खानेकुराः माछाका अतिरिक्त समुन्द्र वा तलावमा पाईने घुङ्गी, झिङ्गेमाछा, कछुवा, गङ्गटा, मोती जस्ता समुन्द्री जीवको मासु पनि यूरिक एसिड बढ्दा खानु हुदैन। यी खानेकुरामा पनि प्यूरीन न्यूक्लिक अम्लको मात्रा उच्च छ।
  • चिनीः चिनी ५० प्रतिशत ग्लूकोज र ५० प्रतिशत फूक्टोजको मिश्रण हो । पाचन पश्चात ग्लूकोजको उपयोग पुरै शरीरले गर्दछ भने फूक्टोजलाई कलेजो ले पचाउदछ । कलेजोमा फूक्टोज पच्ने क्रममा धेरै एटीपी खर्च भएर एएमपी बन्ने हुँदा धेरै प्यूरिनको हुन पुग्दछ यसर्थ चिनीको सेवन यूरिक एसिड बढेकाहरूको लागि अत्यन्त हानिकारक छ।
  • शितल पेयः कोकाकोला, पेप्सीकोला, डियू, फन्टा, मिरिण्डा जस्ता शितल पेय, रेडबुल, रेड टाईगर, एक्सएल, स्ट्राङ्गबुल, अर्नाजस्ता ईनर्जी पेय र फ्रूट जुसका नाममा बजारमा बेचिने रियल जुस, एक्टिभ, ब्रस्ट, प्राण, रियो, फ्रुटीजस्ता पेयहरूमा प्रचूर मात्रमा चिनी हालिएको हुन्छ । एउटा २५० मि.लीको यी पेयहरूमा २५ देखि ३० ग्राम सम्म चिनी वा कर्नसिरप हालिएको हुन्छ । चिनीका अलावा, अल्कोहल, सिट्रिक अम्ल, फस्फोरिक अम्ल, बिसोफिनोल ए, बेञ्जिन लागायतका भारी धातु जस्ता अन्य थुप्रै खाद्य रक्षक वस्तुहरू मिलाईएको हुन्छ । जसले गर्दा यूरिक एसिड बढ्दछ।
  • प्राकृतिक चिनीः राईस सिरप, कर्न सिरप, हात्तिबारको सिरप, जस्ता उच्चमात्रामा फूक्टोज भएका खानेकुराहरूले पनि रक्त यूरिक एसिडको मात्रा बढाउदछ।
  • महः महले धेरै रोगहरूमा औषधिको काम गरेता पनि यूरिक एसिडको लागि भने महको सेवन हानीकारक छ । यूरिक एसिडमा मह हानीकारक हुनुको कारण पनि यसमा विद्यमा उच्च फूक्टोज नै हो।
  • खमिर वा खमिर हालिएका खानेकुराः आज बजारमा पाईने धेरै खानेकुराहरूमा खमिर हालिएको हुन्छ। जाँड, रक्सी, वियर बनाउनको लागि खमिर नभई हुदैन । यसैगरि बिस्कुट, पाउरोटी र केक आदि बनाउनको लागि पनि खमिरको पयोग गरिन्छ। खमिर पनि प्यूरिन न्यूक्लिक अम्लको राम्रो श्रोत हो ।
  • मादक पदार्थः मादकताको लागि पिईने जाँड रक्सी र बियरमा पर्याप्त मात्रामा खमीर हालिने हुँदा यूरिक एसिड बढाउदछ। यसैगरि जाँड रक्सीको सेवनले यूरिक एसिडको मुत्र उत्सर्जनलाई पनि घटाई दिएर रक्त यूरिक एसिडको स्तर बढाउदछ भने भने अल्कोहलिक पेयले जेन्थेन अक्सिडेजलाई पनि प्रतिरोध गर्ने हुँदा यूरिक एसिडको रक्त स्तर बढ्दछ।
  • दाल गेडागुड : दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
  • जङ्कफूड : जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । जङ्कफूड बनाउँदा यसमा उच्च मात्रामा खमिर हालिएको हुन्छ । खमिर प्यूरिन न्यूक्लिक अम्लको राम्रो श्रोत हो । यसका अलावा जंकफूडमा हालिएको प्रिजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जङ्कफूड ज्यादा खाँदा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या पनि आउँछ ।
  • अचार : पुरानो तामा, गुन्द्रूक, सिन्की पनि यूरिक एसिड बढ्ने समस्याको लागि राम्रो होइन ।

 

 


भर्खर

0