स्वस्तिमाले सुरु गरिन् प्राविधिक सहयोग अभियान | Khabarhub Khabarhub

स्वस्तिमाले सुरु गरिन् प्राविधिक सहयोग अभियान


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले निषेधाज्ञाका कारण कामविहिन बनेका ३ सय भन्दा बढी प्राविधिकहरुका लागि सहयोग अभियान सुरु गरेकी छन् ।

नेपाल चलचित्र प्राविधिक संघसँग आबद्ध रहेका प्राविधिकहरुको अवस्था नाजुक बन्दै गएको संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि स्वस्तिमाले भिडियो सन्देशमार्फत सहयोगको अभियान सुरु गरेको घोषणा गरेकी हुन् ।

‘यतिबेला हामी असामान्य परिस्थितिसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भइरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु’, उनले भनेकी छन् ।

स्वस्तिमाले आफूले स्पट ब्वायहरु बढी समस्यामा परेको थाहा पाएकाे जनाउदै आफू प्राविधिकहरुसँग नजिक रहेकाले सबैले सानो सहयोग गर्दा पनि ठूलो सहयोग पुग्ने बताएकी छन् ।

उनले प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको इसेवा आइडीमा रकम पठाउन सकिने खुलाएकी छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ३ : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका