क्षेत्रीय चुनौती समाधानका लागि इरान, पाकिस्तान र टर्कीबीच गठबन्धन | Khabarhub Khabarhub

क्षेत्रीय चुनौती समाधानका लागि इरान, पाकिस्तान र टर्कीबीच गठबन्धन


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्षेत्रीय चुनौतीहरु सम्बोधन गर्न इरान, पाकिस्तान र टर्कीले आपसी गठबन्धन बिस्तार गरेका छन् ।

इरान, पाकिस्तान र टर्कीले क्षेत्रीय सुरक्षा चुनौतीहरु सम्बोधन र समाधान गर्न सहकार्य बिस्तार गरेका हुन् । तेल उत्पादनकर्ता अरबीयन मुलुकहरुविरुद्ध उभिन इरानलाई पाकिस्तान र टर्कीसँगको सहकार्य महत्वपूर्ण देखिन्छ ।

मध्यपूर्वमा अरबीयन मुलुकहरुको प्रभाव कम गर्नु  इरान र टर्कीको साझा उदेश्य रहेको छ । पछिल्लो समय इरान र चीनबीच २५ वर्षका लागि भएको रणनीतिक सम्झौताले गहिरो आर्थिक र सैन्य सहकार्य गर्ने लक्ष्य राखेको छ । चीन र इरानबीच द्धिपक्षीय सम्झौता भनिए पनि सीमा बिषयहरु समेटेको सन्जय पुलिपकाले एसिया टाईम्समा लेख प्रकाशित गरेका छन् ।

यो सम्झौताको मुख्य उदेश्य इरानको अन्तर्राष्ट्रिय आर्थिक कारोबारमा अमेरिकी प्रतिबन्ध रोक्ने रहेको उनले बिश्लेषण गरेका छन् । साथै, चीन र इरानको यो सम्झौताले चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजना इरान र टर्कीसम्म बिस्तार गर्नु रहेको बिश्लेषण गरिएको छ ।

क्षेत्रीय भूराजनीतिक उदेश्यले पनि पाकिस्तान, इरान र टर्कीबीच आर्थिक सहकार्य र सम्बन्ध कायम गर्ने लक्ष्य राखेको छ । पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली हुसेनले क्षेत्रीय चासोका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनबीच नयाँ गठबन्धन हुनु आवश्यक रहेको टिप्पणी गरेका छन् ।

त्यस्तै, पाकिस्तानसँग राजनीतिक, कुटनीतिक र आर्थिक सहकार्य आवश्यकता रहेको टर्की राष्ट्रपति रेकेप तैयप एर्दोगानले बताउँदै आएका छन् ।

स्रोत : सीफी

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : २४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०