इन्फ्लामेसन ठीक पार्न खानुहोस् यी खाने कुराहरू « Khabarhub
Logo
७ असार २०७८, सोमबार

इन्फ्लामेसन ठीक पार्न खानुहोस् यी खाने कुराहरू



शरीरमा प्रविष्ट विजातीय द्रव्य, हानीकारक रसायन, रोगकारक किटाणु एवं एलर्जी कारक तत्वहरूलाई समन गर्नका लागि शरीरले ती तत्वहरूलाई छेकारो हालेर प्रदाहत्मक क्रिया सुरू गर्दछ ।

प्रदाहत्मक क्रिया हुँदा प्रदाह भएको स्थानमा दुख्ने, सुन्निले,रातो–तातो हुँने र काम गर्न छोड्ने गर्दछ र घाँउ–खटिराको रूप धारण गर्ने गर्दछ। वास्तवमा घाँउ–खटिरा भनेको हाम्रो शरीरले रोगकारक तत्वलाई निष्तेज गर्नका लागि अपनाएको रक्षात्मक उपाए हो ।

यी घाँउ खटिरा आँखाले देखिने गरि र आँखाले नदेखिने सूक्ष्म पनि हुँन सक्दछ।यसरी शरीरमा प्रदाहत्मक क्रिया हुँदा रोगकारक तत्वको समन हुँनुका साथ–साथै प्रदाहत्मक क्षेत्रमा कोष एवं तन्तुहरूको पनि नाश हुँन पुग्दछ ।

वास्तवमा यो क्रिया एक प्रकारको युद्ध जस्तै हो र यस युद्धलाई जित्नका लागि उपयुक्त खानपानको आवश्यकता पर्दछ । प्रदाहत्मक क्रियाका क्रममा खानपान ठीक नरहेको अवस्थामा प्रदाह चाँडै निको हुँदैन र नतिजा हाम्रो पक्षमा नआउन सक्दछ । यसर्थ यस्तो स्थितिमा हामीले सदैव प्रदाहा प्रतिरोधी  अथवा घाँउ–खटिरा ठीक पार्ने खानेकुराहरू खानुपर्ने हुन्छ । जुन यस प्रकार छन् ।

१. भूईकटहरः घाउ खटिरा र ईन्फ्लामेसन भएको अवश्थामा भूईकटहरको सेवन धेरैले गर्ने गरेका छौँ । यो फललाई धेरै परम्परागत चिकित्सा पद्धतिहरूले एण्टिईन्फ्लामेटरी औषधिको रूपमा प्रयो गर्ने गरेका छन् । यसमा प्रशस्त मात्रामा भिटामिन, मिनरल, एण्टिअक्सिडेण्ट, ब्रोमेलीन जस्ता ईन्जाईम आदि पाईने हुँदा प्रतिरक्षा प्रणाली बलियो बनाउने र ईन्फ्लामेसन ठीक पार्ने गर्दछ । भूईकटहरको नियमित सेवन गर्ने केटाकेटीहरूमा ब्याक्टेरिया एवं भाईरल ईन्फेक्सनको जेखिम न्यून रहेको पाईएको छ । यसै गरि भूईकटहरको सेवन गर्नेहरूले पिनास चाडो ठीक गरेको पाईएको छ।

२. अदुवाः जिन्जीरोल, सोआगोल र प्याराडोल्स जस्ता तत्वहरू पाईने अदुवाका धेरै उपयोगी गुणहरू छन् । अदुवाको प्रयोग विशेषतः दीर्घकालिन ईन्फ्लामेसनको समन गर्न गरिन्छ । हाड–जोर्नीको ईन्फ्लामेसन, रक्तनलीको ईन्फ्लामेसन एवं पेट एवं आन्द्रको ईन्फ्लामेसनमा अदुवाको प्रयोग अत्यन्त  लाभदायक छ ।

३.बेसारः बेसारलाई ईन्फ्लामेसन प्रतिरोधी द्रव्यको रूपमा धेरै चिकित्सा विज्ञानहरूले प्रयोग गर्दै आएका छन् । बेसारमा कुर्कुमिन नामक शक्तिशाली ईन्फ्लामेसन प्रतिरोधी तत्व पाईन्छ । बेसारमा पाईने कुर्कुमिन र मरीचमा पाईने पिपेरिनको प्रयोगले सीआरपी नामक ईन्फ्लामेटरी मार्करलाई कमगरेको पाईएको छ ।

४. हरियो सागपातः चम्सुर, पालुङ्गो, मेथी, लूडे, लट्टे, रायो, बेथे जस्ता अनेकौ हरिया सागपातहरूको सेवनले धेरै प्रकारका ईन्फ्लामेसनहरूलाई कमगर्न मद्दत गर्दछ । यी सागपातहरूमा प्रशस्त मात्रामा भिटामीन, मिनरल्स, एण्टिअक्सिडेण्ट एवं अन्य औषधीय महत्वका फाईटोकेमिकल्सहरू पाईन्छ । हरियो सागपातमा अल्फा लिनोलिक एसिड नामक  ईन्फ्लामेसन प्रतिरोधी  ओमेगा–३ फ्याट्टि एसिड पनि पाइन्छ ।

५. ओखरः ओखरलाई धेरै अनुशंधानहरूले ईन्फ्लामेसन प्रतिरोधी खानेकुराको रूपमा चित्रीत गरेको छ । यसमा प्रशस्त मात्रामा एण्टिअक्सिडेण्ट पाईने हुँदा धेरैजसो फ्रि रेडिकल ईन्जुरीका कारणले हुने ईन्फ्लामेसनमा यसको ठूलो उपयोगिता छ । यसैगरी ओखरमा प्रशस्त मात्राम पोलिफिनोल्सहरू पनि पनईन्छ । यसैगरी ओखरमा अल्फा लिनोलिक एसिड नामक ओमेगा–३ फ्याट्टी एसिड, म्यागनेसियम र आर्जिनिन जस्ता ईन्फ्लामेसन प्रतिरोधी तत्वहरू पनि पाईन्छ ।

६. एबोकादोः सुष्म पोषक तत्वहरू जस्तै पोटासियम, म्यानेसियम, मुटुको लागि आवश्यक मानो सेचूरेटेड फ्याटी एसिड, क्यारिटिनोईडस, भिटामीन ई आदि पाईने हुँदा ईन्फ्लामेसन कम गर्न मद्दत गर्दछ । एउटा अध्ययनले दर्शाय अनुरूप एवोकादो यूक्त बर्गर खानेमा एनएफ–केबी र ईन्टरल्यूकिन–६ नामक ईन्फ्लामेटरी साईटोकाईन्सको रक्तस्तर एवोकादो नहालिएको बर्गर खाने भन्दा कम पाइएको थियो ।

७. अंगुरः नियमित अंगुरको सेवन गर्दा धेरै रोगहरूलाई रोकथाम गर्न सकिन्छ । मुटुरोग, मोटोपन, अल्जाईमर रोग, रक्तचिल्लोको गडबडी आदिमा पनि अंगुरलाई प्रयोग गर्ने गरिएको छ। अंगुरमा एन्थोसाईनिन, रेस्भेराट्रोल जस्ता ईन्फ्लामेसन कमगर्ने तत्व पाइन्छ । यसैगरी नियमित अंगुरको सेवन गर्नेहरूमा एनएफ–केबी जस्ता ईन्फ्लामेटरी जिन मार्कर कम पाइएको र एडिपोनेक्टीन जस्ता तत्वको रक्तस्तर बढेको पाइएको छ ।

८. ग्रीन टीः हरियो एवं अप्रशोधित चियाको मुनाको काढा पिउनाले स्वास्थ्यमा धेरै फाईदा छन् । यस काढालाई तौल कम गर्न, मुटु रोगमा, क्यान्सरमा, अल्जाईमर रोगमा, रक्तचिल्लोको गडबडी कम गर्न यसको प्रयोग गर्ने गरिन्छ । यसलाई एण्टिईन्फ्लामेटरी र एण्टिअक्सिडेण्ट तत्वको रूपमा हेरिएको छ । हरियो चियामा पाइने इपिग्यालोक्याटेचिन–३ ग्यालेटले पनि इन्फ्लामेसनलाई कम गर्ने साईटोकाईन्सहरूको उत्पादन कम गर्ने हुँदा इन्फ्रलामेसन कमगर्दछ।

९. बेरी/ऐसेलुः ब्ल्याक बेरी, रस्पबेरी (ऐसेलु), स्ट्रोबेरी, ब्लूबेरी, जस्ता फलफूललाई चिकित्सकीय अनुशंधानहरूले घाँउ–खटिरा ठीक पार्ने फलफूलका रूपमा दर्शाएको छ । यी फलफूलहरूमा प्रशस्त मात्रामा रेशा, चोकर, भिटामिन र खनिज पदार्थ पाईन्छ । यी फलफूलमा एन्थोकाईन्स नामक ईन्फ्लामेसन कम गर्ने एण्टिअक्सिडेण्ट पाईन्छ । यसैगरी बेरी खानेहरूमा प्रयाप्त मात्रामा नेचूरल किलर कोषहरू बढेको र ईन्फ्लामेसन समन गर्ने साईटोकाईन्सहरू उत्पादन गर्न पनि मद्दत गर्दछ ।

१०. ब्रोकाउलीः ब्रोकाउली पनि अत्यन्त स्वास्थकर खानेकुरा हो । यो तरकारीमा प्रशस्त मात्रामा भिटामिन, खनिज एवं लवणहरू, एण्टिअक्सिडेण्टहरू पाइन्छ । यसलाई विशेष गरि मुटुरोग एवं क्यानसर प्रतिरोधी  मानिएको छ । यसमा पाइने सल्फोराफेन नामक एण्टिअक्सिडेण्टले एनएफ–केबी (न्यूक्लिएर फ्याक्टर कप्पा लाईटचेन ईन्हान्सर अफ एक्टिभेटेड बी सेल ) लगायतका इन्फ्लामेटरी साईटोकाईन्सहरूलाई प्रतिरोध गर्ने हुँदा इन्फ्लामेसन कम हुन्छ।

११. भेडे खोर्सानीः भेडे खोर्सानीलाई पनि राम्रो एन्टिइन्फ्लामेटरी तरकारीको रूपमा लिइएको छ । सय ग्राम भेडे खोर्सानीमा दैनिक चाहिने भन्दा ६९ प्रतिशत ज्यादा भिटामीन सी पाइन्छ । यसैगरी यसमा विद्यमान क्वासीटिन, साईनापिक एसिड, फेरूलिक एसिड जस्ता एण्टिअक्सिडेण्टले अक्सिडेटिभ स्ट्रेस कम गरी इन्फ्लामेसन घटाउने गर्दछ ।

१२. च्याउः खान योग्य च्याउलाई पनि इन्फ्लामेसन प्रतिरोधी तत्वको रूपमा बुझिएको छ । अन्य खाने कुराको तुलनामा कम क्यालोरी पाइने, सेलिनियम, तामा, लगायतका खनिज तत्व प्रशस्त पाइने र सबैखालका भिटामिनहरू पाइने हुँदा च्याउ अत्यन्त पोषक तत्व हो।

१३. भर्जीन ओलिभ आयलः ओलीव आयल मेडिटेरेनियन खानाको मुख्य घटक हो। ओलिव आयलको सेवनले सीआरपी लगायतका धेरै ईन्फ्लामेटरी मार्करहरूको रक्तमात्रा कम पाईएको थियो । ओलिव आयलमा पाइने ओलियोक्यान्थोल नामक तत्वलाइ आईबुप्रोफिन जत्तिकै एण्टिइन्फ्लामेटरी तत्व मानिएको छ ।

१४. टमाटरः अर्ग्यानिक टमटरलाई धेरै पोषक तत्वहरूको भण्डार भन्ने गरिन्छ। टमाटरमा पाइने लाईकोपाईनस नामक तत्वले इन्फ्लामेसन कारक साईटोकाईन्सहरूलाई समन गर्ने गर्दछ ।

१५. चेरीः चेरीमा पनि एन्थोकाईनिन नामक इन्फ्लामेसन कम गर्ने तत्वहरू पाइन्छ । एक महिनासम्म दिनै पिच्छे २८० ग्राम चेरी खानेहरूमा सीआरपी लगायत अन्य ईन्फ्लामेटरी मार्करहरू पनि मनग्गे कम भएको पाइएको छ ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर१ वागीश्वरीका निर्देशक हुन्।


भर्खर

0