पर्याप्त मात्रामा खाद्यन्नको भण्डारण छ, नआत्तिनुहोस् : वाणिज्य विभाग | Khabarhub Khabarhub

पर्याप्त मात्रामा खाद्यन्नको भण्डारण छ, नआत्तिनुहोस् : वाणिज्य विभाग


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

बजारमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, घ्यू, तेल, गेडागुडी, मैदा, पिठो, चिनी, नुनलगायत खाद्यान्न पर्याप्त मात्रामा स्टक रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले अनुरोध गरेको छ ।

निषेधाज्ञा जारी रहँदा खाद्यन्न तथा तरकारी बजारमा मानिसहरूको भीडभाड बढेसँगै विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

मास्क र स्यानिटाइजर पनि पर्याप्त मात्रामा स्टक रहेको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

खाद्यान्न सामग्रीका सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न र स्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षित रहन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका