उपत्यकाका तीन सीडोओको बैठक बस्दै, निषेधाज्ञालाई थप कडाइ गरिने | Khabarhub Khabarhub

उपत्यकाका तीन सीडोओको बैठक बस्दै, निषेधाज्ञालाई थप कडाइ गरिने


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज साँझ बस्दै छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरूको बैठक बस्न लागेको हो ।

निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ । आज साँझ ६ बजे बैठक बस्ने जनाइएको छ ।

उपत्यकामा निषेधाज्ञा लगाइए पनि सडकमा सवारीसाधनको भीड देखिएको छ । यस्तै, सर्वसाधारण पनि अन्य लडकाउनका दिनका तुलनामा उल्लेख्य रुपमा घरबाहिर देखिएका छन् ।

प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यकबाहेक सबै सेवा र व्यापार व्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा बन्द गर्ने निर्णय गरेको थियो ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय र चिडियाखाना चलाउन पनि निषेध गरिएको छ । साथै, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा पनि बन्द गर्ने प्रशासनले निर्णय गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : ५२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न