विद्यालयको परीक्षा स्थगित गर्दै स्थानीय तहहरू | Khabarhub Khabarhub

विद्यालयको परीक्षा स्थगित गर्दै स्थानीय तहहरू


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुमपूर्व जिल्लाका स्थानीय तहहरूले विद्यालयको वार्षिक परीक्षा स्थगन गरेका छन् । उनीहरूले कक्षा ९ सम्मको ‘वार्षिक’ र कक्षा १० को ‘एसईई तयारी परीक्षा’ शुरू गरेका थिए ।

संघीय सरकारले कोरोना संक्रमणका कारण देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि कतिपय स्थानीय तहहरूले विद्यालयको परीक्षा सञ्चालन गराएका थिए ।

सिस्ने गाउँपालिकाका र भूमे गाउँपालिका जिल्ला प्रशासन कार्यालयको निर्देशनमा परीक्षा स्थगित गरेका हुन् । यी दुवै गाउँपालिकाले गत बिहीबारदेखि विद्यालयहरूमा परीक्षा सञ्चालन गराएका थिए ।

सिस्ने गाउँपालिकाका एक कर्मचारीले भने, ‘हाम्रो गाउँपालिकामा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभए पनि दबाब आएपछि परीक्षा पनि स्थगित गर्नुपर्‍यो ।’

त्यस्तै, पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि वैशाख २० गतेदेखि सञ्चालन गर्ने भनेको विद्यालय तहको परीक्षा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन नगर्न पत्र पठाएका कारण निर्धारित परीक्षा स्थगित गर्नुपरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए ।

संघीय सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेका जिल्लामा निषेधाज्ञा जारी गरेकै दिन ओखलढुङ्गा जिल्लाको मोलुङ गाँउपालिकाले विद्यालयहरूमा वार्षिक परीक्षा शुरू गराएको छ ।

अहिले गाँउपालिकाको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने कुरालाई ध्यानमा राखेर परीक्षा चाँडै लिने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए ।

उनले परीक्षा नदिए पनि पास भइन्छ भन्ने विद्यार्थीको मानसिकता हटाउन पनि परीक्षा लिन जरुरी रहेको बताए । ओलखढुङ्गा जिल्लाकै सिद्धिचरण नगरपालिकाले पनि वार्षिक परीक्षा सञ्चालन गरेको छ ।

नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमणको प्रभाव कम रहेको र पछि बढ्न सक्ने सम्भावना ध्यानमा राखेर परीक्षा सञ्चालन गरिएको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन