झण्डै डेढ केजी सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ | Khabarhub Khabarhub

झण्डै डेढ केजी सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैध रुपमा ल्याइएको १४ सय ग्राम (१ केजी ४०० ग्राम) सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुल्मीका जनक खड्का, प्यूठानका यमलाल खनाल, कास्कीका राजु विक, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ रहेका छन् ।

उनीहरूले साउन्ड बक्सहरूमा सुन राखेर विभिन्न फ्लाइटहरूबाट नेपाल भित्र्याउन खोजेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू भरिया मात्र रहेको र यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : २६ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन