रामेछापको बाम्तीमा आगलागीमा परी एक दम्पतीको मृत्यु | Khabarhub Khabarhub

रामेछापको बाम्तीमा आगलागीमा परी एक दम्पतीको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप— रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आगलागीमा परी घरभित्रै जलेर एक दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार सोमबार बिहान भएको आगलागीमा परी ७८ वर्षीय धनबहादुर कार्की र उनकी ६८ वर्षीया श्रीमती सीता कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगो लागेको थाहा पाउनेबित्तिकै त्यही घरमा सुतेका माइलो छोरा मनोहर कार्की झ्यालको ग्रिल फोरेर हाम फालेका थिए ।

मनोहर र नजिकै घर भएका ज्वाइँ मिलेर गर्भवती श्रीमती र ३ वर्षकी छोरीलाई निकालेका थिए । तर अर्को कोठातर्फ रहेका बाबुआमालाई भने उनीहरूले निकाल्न सकेनन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : १४ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९