राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगित | Khabarhub Khabarhub

राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगित


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य स्थगन गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमण फैलन सक्ने भन्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगन गरिएको हो ।

विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले अभियान रोक्न सिफारिस गर्ने निर्णय गरेको हो ।

परिचयपत्र वितरण गर्ने अभियान सञ्चालन भइरहेको सुनकोशी गाउँपालिका–५ मुलकोटमा कोभिड–१९ सङ्क्रमण देखिएकाले उक्त अभियान रोक्न सिफारिस गर्ने निर्णय गरिएको हो ।

बैठकले सबै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङलाई बढाउन अनुरोध गर्ने, कोभिड अस्पतालको अक्सिजन प्लान्टलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै एपोलो अस्पतालमा गत वर्ष बनाइएको आइसोलेसन सञ्चालनमा ल्याउन कमलामाई नगरपालिका, स्वास्थ्य कार्यालय र सिन्धुली अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपाने जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ३२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको