ताइवानमा रेल दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु | Khabarhub Khabarhub

ताइवानमा रेल दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानको एक सुरुङमा रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएर दुर्घटनामा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका छन् । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाएका छन् ।

राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : ४५ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो