काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

काँग्रेस सभापति देउवाले लगाए कोरोनाविरुद्धको खोप


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बुधबार साँझ मीनभवनस्थित सिभिल अस्पताल पुगेर देउवाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

चितवनको रत्ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३ औं दिनको श्रद्धाञ्जली कार्यक्रमबाट फर्किएपछि खोप लगाउन देउवा सिभिल अस्पताल पुगेका थिए ।

देउवासँगै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पनि खोप लगाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०