छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह | Khabarhub Khabarhub

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको हो ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरुले अनुरोध गरेका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ४८ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका