प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत तीन हजारलाई रोजगारी | Khabarhub Khabarhub

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत तीन हजारलाई रोजगारी


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ– प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लामा १२ वटै स्थानीय तहका तीन हजार ५२९ हजार युवाले १०० दिन बराबरको रोजगारी पाउने भएका छन् ।

सरकारले युवालाई लक्षित गर्दै कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा रोजगारी दिने योजनाअन्तर्गत गत वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रमअन्तर्गत कामदारलाई सरकारले दैनिक रु ५१७ ज्याला दिइन्छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत केन्द्रबाट ज्यालाबापतको रकम मात्र आउने भएकाले स्थानीय तहले दक्ष जनशक्ति र आवश्यक निर्माण सामग्रीका लागि बजेट छुट्याउन सके यो कार्यक्रम झनै प्रभावकारी र दिगो हुने जयपृथ्वी नगरपालिकाका रोजगार संयोजक रामचन्द्र धाँमीले बताए ।

जिल्लामा यो कार्यक्रमअन्तर्गत कुलो, नहर, बाटो, खानेपानी निर्माण, सामुदायिक वन संरक्षण, वृक्षरोपण, सडक मर्मत, तटबन्धन जस्ता निर्माणका काम हुँदै आएका छन् ।

कार्यक्रमअन्तर्गत बुङ्गल नगरपालिकामा ७२० जना, जयपृथ्वी नगरपालिकामा ३१६ जना, केदारस्यु गाउँपालिकामा ३०९ जना, थलारा गाउँपालिकामा ४६५ जना, तलकोट गाउँपालिकामा ४०४ जना, दुर्गाथली गाउँपालिकामा १५६ जना, छविसपाथीभेरा गाउँपालिकामा १३६ जना, खप्तडछान्ना गाउँपालिकामा १२९ जना, सुर्मा गाउँपालिकामा २४४ जना मष्टा गाउँपालिकामा २३४, साइपाल गाउँपालिकामा १२९ जना र वित्थडचिर गाउँपालिकामा २८७ जना गरी जिल्लाभरी तीन हजार ५२९ जनाले रोजगारी पाउने छन् ।

यस आर्थिक वर्षमा मात्र स्वरोजगार कार्यक्रमअन्तर्गत करीब रु १७ करोड बराबरको विकास निर्माणका काम शुरु भएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ४५ बजे

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १