अवैध लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित दुई जना पक्राउ


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– अवैध लागूऔषधसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका १८ वर्षीय दुई जना युवालाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट पक्राउ परेका उनीहरुबाट लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम बरामद गरिएको छ ।

भारतको सितामडी वैरगैनिया भकुरहरमा बस्दै आएका उनीहरूलाई नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा प्रकाउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ४५ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने