प्रधानमन्त्री पद पाए नभाग्ने कांग्रेस सभापति देउवाको स्पष्टोक्ति | Khabarhub Khabarhub

प्रधानमन्त्री पद पाए नभाग्ने कांग्रेस सभापति देउवाको स्पष्टोक्ति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने बताएका हुन् । साथै उनले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको पनि बताए ।

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

उनले आफूहरूले प्रधानमन्त्री पद पाए पार्टीलाई नै फाइदा हुने दाबी समेत गरे ।

बुधवार कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले दाहाल–नेपाल समूहको नेकपासँग मिलेर सरकारमा जाने धारणा व्यक्त गरेका थिए ।

तर‍, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही नेताले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन