रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा | Khabarhub Khabarhub

रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ ।

कम्पनीले आज एक भच्र्युल कार्यक्रम मार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको क्यामेराबारे जानकारी दिएको छ ।

८ औँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।

No description available.

रियल ८ प्रोको क्यामेरा सामसुङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुप अनुसार १/१.५२ सेन्सरर १२०००/९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ ।

यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्वीरको सुनिश्चितता गरेको छ । यसैगरी ‘एचएम२’ले‘नाइन–इन–वानपिक्सेल बिन्निङ’, ‘आइएसोओ सेल प्लस’ र ‘स्मार्ट आइएसोओ’मोबाइल तस्वीर सेन्सरका कारण यो फोन स्पष्ट रउत्कृष्ट तस्वीरका लागि सक्षम छ ।

रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुबैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्दछ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा छैन, अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ ।

रियलमी राखिएको सेन्सरसहितको १०८ एमपीको यस आधुनिक क्यामेराले सेवाग्राहीलाई थुप्रै अनुकूल र उत्साहजनक सुविधाहरु प्रदान गर्नेछ ।

‘इन–सेन्सर’जुम, झनै बढि स्पष्ट

यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममाथ्रि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्वीरको विवरण देखाउनेछ । १२ एमपी आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्वीर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ ।

यसमा प्रयोग गरिएको ३ह्सेटिङले अप्टिकल टेलिफोटोको लेन्स बाट खिचेको तस्वीर भन्दा पनि यसको क्यामेरा बाट खिचेको तस्वीर उत्कृष्ट ठहरिएको छ ।

No description available.

स्मार्टफोनमा पहिलोपटक ‘टाइम लाप्स’ स्टारी मोड

रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ । विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुई भन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड एकदमै चुनौतीपूर्ण मानिन्छ ।

रियलमी टाइम लाप्स भिडियो अल्गोरिथम विशेषताका साथ आउने तयारीमा छ, जसमा ४८० सेकेण्डमा ३० वटा तस्वीर खिच्न सकिनेछ र यो मोडमा संश्लेषण गरी संयोजन गरिसके पश्चात् ती तस्वीरलाई ४८० गुणा बढी स्पीडका साथ १ सेकेन्डमा हेर्न सकिनेछ ।

टिल्ट–शिफ्ट फोटोग्राफीःसूक्ष्म संसार

महँगो टिल्ट शिफ्ट लेन्सको प्रयोग गरेर यसमा टिल्ट शिफ्ट फोटोग्राफीको विशेषता पनि प्रदान गरिएको छ, जसले फोटोको केबल एक भागलाई फोकस गरेर स्पष्ट देखाउँछ र अन्य भाग ब्लर गरेर सूक्ष्म संसारको अनुभूति दिलाउँछ । रियलमी ८औँ सिरिजको फोन टिल्ट शिफ्ट तस्वीर खिच्नका अलावा १० औँ गुणा तीव्र टिल्ट शिफ्ट टाइम लाप्स भिडियो खिच्न समेत सक्षम छ । दृश्यहरू फरक र नयाँ तरिकाले हेर्नका लागि यो विशेषता उत्तम छ ।

स्मार्टफोनको दुनियामा यो फिचरको प्रयोग गर्ने रियमली ८ प्रो नै पहिलो हो । यसमा ब्लर र स्पष्ट दुबै क्षेत्रतर्फ आकार, कोण, स्थिति, अवस्था लगायतलाई थपघट गर्न सकिने विशेषताहरु पनि राखिएको छ, जसले दृश्यलाई अझ शानदार बनाउने विश्वास गरिएको छ ।

नयाँ प्रोट्रेट फिल्टर

अचेल अधिकांश स्मार्टफोनहरुले तस्वीरको फोकसिङ क्षेत्र बाहेकलाई ब्लर गर्ने फिचरहरु सार्वजनिक गरेका छन् । नयाँ ट्रेन्ड स्थापना गर्न रुचाउने रियलमीले ८औँ सिरिजको यस मोबाइल फोनमा आइकोनिक, नियोन, डायनामिक र एआई कुल फिल्टरहरु राखेको छ ।

प्राथमिकतामा क्यामेरा, मोबाइल फोटोग्राफीको नयाँयुग

विभिन्न सिरिजका मोबाइल फोनहरुको उत्पादनकाक्रममा रियलमीले क्यामेरालाई प्राथमिकता दिँदै नयाँ र विशेष फिचरहरु राख्दै आएको छ । रियलमी नयाँ प्रविधि र फिचरहरुका साथ विशेषगरी युवाजमातका क्षेत्रमा नेतृत्वदायी उपस्थिति जनाइरहेको छ ।

यसै क्रममा १०८ एमपीको क्यामेरा राखिएको यस सिरिजको मोबाइलमा थप नयाँ ट्रेन्ड स्थापना गर्न सक्ने फिचरहरु राखिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ०२ बजे

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको