नेकपाको प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटायो | Khabarhub Khabarhub

नेकपाको प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटायो


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङसहित सात जनाविरुद्ध कारवाही गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय समिति बैठकले उपनेताबाट नेम्वाङलाई हटाउने निर्णय गरेको हो । नेम्वाङलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न पनि निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

नेम्वाङसँगै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरिएको छ । बैठकले सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ५२ बजे

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न