प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय कमिटी बैठक शुरू | Khabarhub Khabarhub

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो, केन्द्रीय कमिटी बैठक शुरू


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठक बस्नु अघि एजेण्डा तय गर्न बसेको स्थायी कमिटीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पछिल्लो राजनीतिक अवस्थाका विषयमा बिफ्रिङ गरेका थिए ।

यसअघि बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाएको थियो । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गर्नेछ ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेपछि शुरू भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ४७ बजे

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन