आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने | Khabarhub Khabarhub

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आगलागीबाट पीडित पाँचजना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

यस्तै राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाइने निर्णय भएको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले मेरिङदेन गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको हो । यसैबीच आज नै प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली राहत लिएर आगलागी क्षेत्रमा आउने बताइएको छ ।

अहिले दिउँसो केही रातका प्याकेज लिएर मुख्यमन्त्री शेरधन राईसहितको टोली आउने प्रजिअ पाण्डेले जानकारी दिए । यता पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा समेत योजना बनाएर अघि बढ्ने तयारी भएको छ ।

मङ्गलबार बिहान ९ बजेदेखि भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए । आगलागी भएका घरमा डेरा बस्नेसमेत गरी ५५ परिवार विस्थापित बनेको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ ।

क्षतिको थप विस्तृत विवरण सङ्कलन भइरहेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । पीडित परिवारलाई तत्कालका लागि आवास र खाद्यान्नको व्यवस्थापन मेरिङदेन गाउँपालिका, उद्योग वाणिज्य सङ्घ र रेडक्रसले मिलाएका छन् ।

आगलागीको क्षति विवरण सङ्कलन शुरु
आगलागीको क्षति विवरण सङ्कलन शुरु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको गाउँपालिका—३ का वडाध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए ।

उनले भने, “गाउँपालिकाले विवरण सङ्कलन गर्न समितिलाई जिम्मा दिएका छौँ । कहिले सम्ममा क्षतिको विवरण सर्वजानिक गर्नहुन्छ ।” विवरण सर्वजनिक नभएसम्म आगलागी भएको बजारमा अनावश्यक प्रवेश निषेध गरिएको भण्डारीले जानकारी दिए ।

११ बजेबाट विवरण सङ्कलन कार्य भइरहेको विवरण सङ्कलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । उनले भने, “हामी क्षति विवरण सङ्कलन समिति सङ्कलनमा लागिपरेका छौँ । बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्छौं ।”

आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मङ्गलबार बेलुका नै वितरण गरेको वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।

त्यस्तै नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले खाद्यान तथा कपडा वितरण गरेको भण्डारीले जानकारी दिए । विस्थापित परिवार नजीकको छिमेकीमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए ।

अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ३७ बजे

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष