काठमाडौं– गायक राजु केसी र गायिका रिना केसीको स्वरमा रहेको नयाँ लोकगीत ‘मुटुभरीको माया’ सार्वजनिक भएको छ । गीतमा शिव हमालको लय र शब्द, अर्जुन थापाको एरेन्ज छ ।
धौलागिरी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रकाश सपुत र आभा थापाको अभिनय छ ।
अर्जुनकै निर्देशन रहेको भिडियोमा अमोन रानाको कोरियोग्राफी, सुशील थापाको छायांकन छ ।
गीतमा जापानमा बस्दै आएकी धन थापाको सहयोग छ ।
प्रतिक्रिया