कतारमा सडक दुर्घटनामा परेका नेपाली ह्वीलचियरबाट ड्युटी गर्दै ! | Khabarhub Khabarhub

कतारमा सडक दुर्घटनामा परेका नेपाली ह्वीलचियरबाट ड्युटी गर्दै !



दोहा– भन्थ्यौं आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रुख छ ।
कालो बादल नीलो आकाशमा, गयौंँ आमा चढेर जहाजमा, फर्कियौँ बाकसमा ।

‘परदेशी’ चलचित्रमा समेटिएको यो गीतले वैदेशिक रोजगारको सिलसिलामा दु:ख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएर दु:ख पीडा र बेदना यसरी पोखिएको छ– जुन दु:ख पीडा आम नेपालीको नियति जस्तै बनेको छ ।

यस्तै गम्भीर सडक दुर्घटनामा परेर बाचेका दु:ख पीडा र वेदनाले भौतारिरहेरका मध्येका एक हुन् सल्यानका छविलाल बुढा । उनी विदेशमा धन कमाई परिवारलाई सुखी राखुँला भन्ने सपना बोकेर विगत १२ वर्ष अघि कतार आइपुगेर आईटीसीसी कम्पनीमा काम गर्न थाले, काम ठिकै थियो ।

उनी यो १२ वर्षको अवधिमा छुट्टिमा घर आउने जाने गरिरहेका थिए । अचानक सन् २०१७ मा सडक पार गर्ने क्रममा दुर्घटनामा परे । उनको घटनास्थलमै ज्यान गएको अनुमान गरिएको थिए । धन्य, उनको ज्यान बच्यो । नजिकैको अस्पताल लगियो । उनको खुट्टा काट्नु पर्ने भयो ।

कम्पनीले जसोतसो गरेर कृत्रिम खुट्टा पनि लगाइदियो । तर, उनी काम गर्न नसक्ने भए । २०१७ देखि २०१९ सम्म दुई वर्ष कामविहीन रुममै भएर बसे । कम्पनीले बेसिक तलब ८ सय कतारी रियाल दिने भनेको थियो, त्यो पनि कहिले दिने कहिले नदिने गर्‍यो ।

पछि सन् २०२० शुरू भएपछि उनलाई कम्पनी स्टोरमा काम त दियो, जसोतसो आफूले सकेको काम गर्दै थिए । कोरोना महामारीको करण लकडाउन भयो र त्यो काम पनि बीचैमा छोड्नु पर्‍यो अनि फेरि कामविहीन भएर बस्नुपर्‍यो । अहिले उनले कम्पनीमा वाचमेनका काम पाएका छन् ।

मुद्दामा पराजित 

उनले आफूलाई दुर्घटना गराउने विरुद्ध यहाँको हाइकोटमा मुद्दा दर्ता गरेर विगत एक वर्षदेखि मुद्दा पनि लडे तर, हाइकोटको फैसलाले आफूलाई दोषी देखाएको बताए ।

‘एकदेखि हाइकोटमा मुद्दा लडेँ, फैसलामा मलाई नै दोषी देखाइयो, केही क्षितिपूर्ति पनि पाइएन । अहिले गैरआवासीय नेपाली संघले हाइकोटको पेपर मागेको छ तर मसँग छैन,’ उनले भने।

३२ महिनादेखि भिसाविहीन

विगत ३२ महिनादेखि आवासीय अनुमति पत्र (भिसा) विहीन भएर नै कम्पनीमा काम गरिरहेको उनले बताए । कम्पनीले यसअघि अर्कै कम्पनीमार्फत भिसा जारी गर्ने गरेको र अहिले त्यो कम्पनीले पनि आवासीय अनुमति जारी नगरेकाले आफू भिसा बिना नै काम गरिरहेको बताए ।

कतारको कानुन अनुसार भिसा अवधि सकिएको तीन महिनासम्म मात्र बस्न पाइने नियम छ, त्यसपछि यहाँ अवैधानिक मानिन्छ । भिसा नभएको करण ड्युटी जान आउन वा कतै हाटबजार जान समेत समस्या हुने गर्दछ। अहिले पछिल्लो समयमा त झन् कोरोना महामारीका करण पुलिसको चेकिङ् बढी हुनेहुँदा आवसीय अनुमतिपत्र अनिवार्य छ ।

पीडितको घाऊमा मलम लगाउदै एनआरएनए

अबको ६ महिनापछि उनको कृतिम खुट्टा परिवर्तन गर्नुपर्ने थियो । कम्पनीले अब नसक्ने भनेपछि उनी कतारमा स्थापित एक संस्थामार्फत गैरआवासीय नेपाली संघ कतारको सम्पर्कमा पुगे । पीडितलाई काम गर्न थप सहज होस् भनेर संघले आइतबार ह्वील चियर उपलब्ध गराएको छ ।

कतारको परोपकारी संस्था कतार रेडक्रिसेंटमार्फत उनलाई ह्वीलचियर प्रदान गरिएको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले खबरहबलाई जानकारी दिए ।

ह्वीलचियर पाएपछि काम गर्न थप केही सजिलो हुने बताउदै उनले अर्को कृतिम खुट्टा जडान गर्न संघले अझै केही डकुमेन्ट ल्याउन भनेको बताए । संघका अध्यक्ष मुसलमानले उनको केही थप अफिसियल डकुमेन्ट उपलब्ध हुने बित्तिकै कृतिम खुट्टा जडान गर्ने कार्य पनि प्रक्रियामा रहेको बताए ।

साथै यस्ता किसिमका समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले गैर आवासीय नेपाली संघ, कतारलाई सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् । यी प्रतिनिधि उदारण मात्र हुन् माथिको गीत भने जस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक एक नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : २९ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु