काठमाडौँ- स्वामी विवेकानन्दले आफ्ना गुरू रामकृष्ण परमहंससाग सोधे— ‘धेरै पण्डितले अनेक शास्त्र पाठ गर्छन्, वेदपाठमै सम्पूर्ण जीवन बिताउँछन्, यसको बाबजुद उनीहरूलाई ज्ञान लाभ किन हुँदैन ?’
रामकृष्णले हाँस्दै उत्तर दिए— ‘चील–गिद्ध आदि पंक्षी उड्न त धेरै उचाइमा उड्छन्, तर तिनको दृष्टि पृथ्वीमा सडे–गलेका मासुका टुक्रामै रहिरहन्छ । मन सधैँ सांसारिक वस्तुतिर लागिरहेको हुन्छ भने वेदशास्त्र तथा ग्रन्थको पाठ गरेर मात्रै के काम ?’
साभार– ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया