तपाईंको विचारले विश्व बदल्न सक्छ ! | Khabarhub Khabarhub

तपाईंको विचारले विश्व बदल्न सक्छ !



अपलिंक र टिकटकले संयुक्तरूपमा विश्वका ठूला समस्या नवीन तरिकाले कसरी समाधान गर्न सकिन्छ भनेर ‘माइबिगआइडिया क्याम्पेन’ सञ्चालन गरेका थिए ।

२५ जनवरी २०२१ मा शुरू गरिएको यो क्याम्पनमा करिब ३० हाजर भिडियो प्राप्त भएको छ । हालसम्म पाँच सय मिलियनभन्दा बढी मान्छेले उक्त भिडियो अवलोकन गरिसकेका छन् । यस किसिमको क्याम्पेन विश्व आर्थिक मञ्चको डाभोस वार्षिक सम्मेलनमा पहिलो पटक एजेन्डाको रूपमा प्रस्तुत गरिएको हो ।

भिडियो अवलोकनकर्ताको दर हेर्दा र ती भिडियोका विषयमा विज्ञहरूको राय सुन्दा प्राप्त भिडियोहरूमा विश्वका समस्या समाधान गर्न दिइएको समाधानका उपाय ज्यादै राम्रा खालका छन् ।

आविष्कारक :
‘वान्डरफिल’ भन्ने संस्थाले प्लास्टिकको बोटलमा आउँने तरल र क्रिम जन्य पदार्थ पुनः भर्न आवश्यक पर्ने केन्द्रको विकास र विस्तार गर्दैछ । यस्ता सस्थाले अर्थतन्त्रलाई चक्रीय प्रणालीमा लैजान्छ । यस्ता संस्था सुपर मार्केट, स्कूल, कलेजजस्ता स्थानमा राख्न सक्ने हो भने उपभोक्ताहरूको धेरै हदसम्म पैसा बचत गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय दूरसंचार संस्था र युनिसेफ विश्वभर विद्यालय जाने उमेरका का ३ दशमलव ६ बिलियन बालबालिका जो इन्टरनेटको पहुँचबाट टाढा छन्, उनीहरूका लागि त्यसको व्यवस्था मिलाउन लागिपरेका छन् । उनीहरूको ‘गिगा कनेक्ट’ कार्यक्रमले युवाहरूलाई शैक्षिक स्रोत र अवसरमा चाँडै पहुँच पुर्‍याउने काम गरिरहेको छ ।

‘टेकन थ्रास’ नामक संस्थाले वान्डरफिल संस्थामा रहेको अभावमा आफूलाई स्थापित गर्ने प्रयास गरेको छ । एकपटक प्रयोग भइसकेका सामग्री पुनः प्रयोगमा ल्याउने क्रममा रहेको छिद्रबीच उसले आफ्नो संस्थाको सम्भाव्यता खोजिरहेको छ । यसलाई उसले ‘पोइन्ट अफ डिस्पोजल’ नाम दिएको छ ।

उनीहरूको पहिलो पोइन्ट अफ डिस्पोजल उपकरण स्ट्रिपाले उपभोगकर्ताले लिएको उत्पादनका चित्रका आधारमा खपत डाटा प्रदान गर्छ । यसरी खरिद गर्दा आफ्नो पोइन्ट बढाउन र पुरस्कार जित्न मानिसहरूले घरेलु वस्तुलाई खास वास्ता गरिरहेका छैनन् ।

परिवर्तन गर्न मिल्ने ‘आईवी पोल’ एक प्रकारको अधिकार प्राप्त स्वास्थ्य आविष्कार हो । यसले आईवी थेरापी लिनुपर्ने व्यक्तिको गतिशीलता सुधार गर्छ । हिजोआजका आईवी गुडाउन मिल्ने किसिमका हुन्छन् तर अस्पतालमा यो लिएर हिँड्नु अनौठो त हुन्छ नै सुरक्षित पनि हुँदैन ।

परिवर्तन गर्न मिल्ने आईवी पोललाई काँधमा लिएर हिँड्न मिल्ने बनाउन सकिन्छ । यसका लागि यो राख्ने उचाइमा भने समायोजन गर्नुपर्ने हुन्छ । यसरी उचाइ समायोजन गर्न राखिएको वस्तुलाई हिँड्दा आवश्यक पर्ने छडीका रूपमा प्रयोग गर्न सकिन्छ ।

ठूलो सोच्नुहोस् :

अन्तर्राष्ट्रिय दूरसंचार संस्था र युनिसेफ विश्वभर विद्यालय जाने उमेरका का ३ दशमलव ६ बिलियन बालबालिका जो इन्टरनेटको पहुँचबाट टाढा छन्, उनीहरूका लागि त्यसको व्यवस्था मिलाउन लागिपरेका छन् । उनीहरूको ‘गिगा कनेक्ट’ कार्यक्रमले युवाहरूलाई शैक्षिक स्रोत र अवसरमा चाँडै पहुँच पुर्‍याउने काम गरिरहेको छ ।

वन्जुही नागोरोगे पेशाले उद्यमी हुन् । उनी वर्ल्ड इकोनोमिक्स फोरमका ग्लोबल एजेन्डा निर्माताका रूपमा काम गर्छन् । उनको लक्ष्य भनेकै अफ्रिकाको ग्रामीण इलाकामा नयाँ व्यवसाय (स्टार्ट अप) बाट इन्टरनेट सुविधा पुर्‍याउने रहेको छ । उनको ठूलो सोच भनेकै स्थानीय स्कूल र वरपरका समुदायमा वाईफाई सुविधा विस्तार गर्ने हो ।

टिकटक क्याम्पेन खासै चल्तीमा नरहे पनि सहभागिता जनाउन खासै ढिलो भइसकेको छैन । अपलिंकका यस्ता धेरै कार्यक्रम छन् जसमा तपाईंको सहभागिता र व्यापक सोचाइको आवश्यकता हुन्छ ।

सन् २०१९ मा पानी संकट व्यवस्थापन र समाधानका लागि उत्कृष्ट दक्षिण अफ्रिका स्टार्ट अप उपाधि हाँसिल गरेको कम्पनीले हावाको प्रयोग गरेर शुद्ध पानी निकाल्ने तरिका बताएको थियो । उक्त कम्पनीले स्वच्छ हावाको अथवा सौर्य ऊर्जाको प्रयोग गर्दै दैनिक ५ सय लिटर स्वच्छ पानी निकाल्ने उपाय बताएको थियो । यो उपायका लागि खास कुनै खर्च पनि लाग्दैन थियो ।

नवीन आविष्कार :

‘सिटीराइज’ संस्थाले महामारीपछि शहरलाई मानसिक स्वास्थ्य अनुकूल कसरी बनाउने भनेर विज्ञान र सामुदायिक अनुभव एकाकार गर्न जोड दिएको छ । विश्वभरबाट आइरहेको सूचनाले मानसिक स्वास्थ्य अनुकूल सहर बनाउन सहयोग पुगिरहेको उनीहरू बताउँछन् । उनीहरूले त्यही सूचनालाई आधार बनाउँदै आफ्नो नीति तथा कार्यक्रम तर्जुमा गरिरहेका छन् ।

‘जस्टडिगइट’ संस्थाले आमसञ्चार माध्यमको प्रयोग गर्दै खण्डहरमा परिणत भएका भूमिहरूलाई पुनः उत्पादनयोग्य कसरी बनाउन सकिन्छ भन्ने विषयमा काम गरिरहेको छ । वर्षाको समयमा आएको पानी जम्मा गरेर उनीहरूले हालसम्म दुईवटा देशमा ६० हजार हेक्टर जमिन पुनःप्रयोग योग्य बनाइसकेका छन् ।

सहभागी हुनुहोस् :

टिकटक क्याम्पेन खासै चल्तीमा नरहे पनि सहभागिता जनाउन खासै ढिलो भइसकेको छैन । अपलिंकका यस्ता धेरै कार्यक्रम छन् जसमा तपाईंको सहभागिता र व्यापक सोचाइको आवश्यकता हुन्छ ।

(अन्ना ब्रुस विश्व आर्थिक मञ्चकी डिजिटल सम्पादक हुन् । काया बुलबुल विश्व आर्थिक मञ्चकै डिजिटल सामग्री विशेषज्ञ हुन् । २६ फेब्रुअरी २०२१ मा विश्व आर्थिक मञ्चको वेबसाइटमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : ४८ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप