विद्यालय, सिनेमा हल लगायतका बन्द क्षेत्र खुलाउन सीसीएमसीको प्रस्ताव | Khabarhub Khabarhub

विद्यालय, सिनेमा हल लगायतका बन्द क्षेत्र खुलाउन सीसीएमसीको प्रस्ताव


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका क्षेत्र खुलाउन कोभिड संक्रमण रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी) ले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले घट्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै  हाल बन्द रहेका क्षेत्रहरु खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

बदलिँदो परिस्थितिलाई हेरेर रोक लगाउने सक्नेगरी हाललाई खुल्ला गर्ने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

सीसीएमसीको सिफारिसमा सरकारले २०७६ चैत्र ६ गतेबाट विद्यालय, चलचित्र घर, जिमखानालगायत मान्छेहरुको जमघट हुने व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।

मठ मन्दिर, खेलकुद लगायतका क्षेत्रहरु खुलेपनि विद्यालय, चलचित्र घर, जिमखाना लगायतका केही क्षेत्रहरु अझै बन्द छन् ।

यसैगरी बैठकले बेलायत लगायतका देशमा देखिएको  नयाँ स्वरुपको भाइसको जोखिम फैलिन नदिन ती देशबाट आएका व्यक्तिहरुलाई कम्तिमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

नयाँ कोरोना भाइरसको संक्रमण प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए-नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने समेत सीसीएमसीको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : २६ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको