प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा उपाधि भिडन्त आज | Khabarhub Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा उपाधि भिडन्त आज

प्रदेश १ र एपीएफ खेल्दै


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै अर्को सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो ।

दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेकाले आजको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

समूह चरणदेखि सेमिफाइनलसम्म दुवै टिमले एक पक्षीयरुपमा खेल जित्दै आएका थिए । यी दुई टिमको तुलनामा प्रदेशका अन्य टोलीहरु कमजोर देखिएका थिए ।

राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको कप्तानीमा प्रदेश १ मैदान उत्रँदैछ भने राष्ट्रिय टिमका उपकप्तान सीता राना मगरको कप्तानीमा एपीएफले खेल्दैछ ।

फाइनलसम्म आइपुग्दा अपराजित रहेका दुवै टोली त्यही नतिजालाई कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : ५५ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल