नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कांग्रेस नेता सिंहको आग्रह | Khabarhub Khabarhub

नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कांग्रेस नेता सिंहको आग्रह


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : २१ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा