आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने कम्बोडियाका प्रधानमन्त्रीको घोषणा | Khabarhub Khabarhub

आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने कम्बोडियाका प्रधानमन्त्रीको घोषणा


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नोम पेन्ह– कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् ।

६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेतको नाम दिने बताएका छन् ।

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरू मध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछुु ’ उनले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्न क्रममा यो कुरा बताउनु भएको कम्बोडियाको एक टेलिभिजनले जनाएको छ ।

४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य छन् । उनी रोयल कम्बोडियन सशस्त्र बलका उप कमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि हुन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ३ : ४४ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण