राप्रपा महाधिवेशन : अझै टुंगिएनन् प्रतिनिधि | Khabarhub Khabarhub

राप्रपा महाधिवेशन : अझै टुंगिएनन् प्रतिनिधि


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन । काठमाडौँको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन ।

महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भने, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधिहरू छलफलमा छन् ।’

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १ : १२ बजे

कतारसँग नेपालको सानो व्यापार, तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज