त्यो पुरानो ताज महल, यी नयाँ ताज महल | Khabarhub Khabarhub

त्यो पुरानो ताज महल, यी नयाँ ताज महल


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताज महल, पूर्वेली संस्कृतिमा प्रेमको प्रतीक । १९६३ मा जब उत्तर प्रदेशमा ताज महलको निर्माण भयो, यो संसारको आश्चर्यमय मानव निर्मित महल मात्र बनेन । गीत, सङ्गीत र फिल्म समेतमा एक विम्बको रूपमा प्रयोग हुन थाल्यो ।

ताज महल १७ औ शताब्दीमा मुगल सम्राट् जहान शाहले आफ्नी दिवङ्गत श्रीमती मुमताजको स्मरणमा निर्माण गरेका थिए । १६५३ मा निर्मित यो महलको निर्माणका लागि ३२ मिलियन रुपैयाँ खर्च लागेको थियो । १४ औ सन्तानलाई जन्म दिने क्रममा मुमताजको मृत्यु भएको हो ।

१९६३ मा यसै ताज महलको सम्झनामा ताज महल चलचित्र पनि बनेको थियो । सो फिल्म पनि अत्यन्त हिट भएको थियो । प्रदीप कुमार र विना राईका अभिनय रहेको यो फिल्म समेत सो समयमा अत्यन्त चर्चामा थियो ।

फिल्म मात्र होइन ताज महलमा आधारित भएर बनेका गीत र गजल पनि त्यत्तिकै सफल भए ।

मार्बलको कला रहेको यो महल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको ताज महलमा कोरोना महामारी भन्दा अघि त्यस स्थानमा दैनिक ७० हजार मानिस पुग्ने गरेका थिए । यसमा थुप्रै प्रबुद्ध व्यक्ति तथा सेलीब्रेटी पनि हुन्थे ।

जो पुगे पनि दङ्ग हुने यस ताज महलको प्रतिरूप या प्रतिआकृति बनाउन र नक्कल गर्न धेरै उद्योगपति , व्यापारी र आर्कीटेकलाई उत्साहित बनायो ।

यसै ताज महलमा केन्द्रित भएर थुप्रै प्रेम गीत र गजल पनि बने । धेरै किस्सा बने । यसै ताज महलको अर्को प्रतिरूप यसै साता भारतमा तयार भएको छ । ५२ वर्षीय एक भारतीय व्यापारीले आफ्नो २७ बर्सिया श्रीमतीका लागि ताज महलकै प्रतिआकृतिको घर बनाएका छन् ।

जुन घरको अहिले भारतीय सञ्चार क्षेत्रमा समेत चर्चा छ । त्यो समयमा राजा जहान शाहले रानी मुमताजका स्मरणमा बनाएको ताज महल उत्तर प्रदेशको आगरामा छ भने यो ताज महल मध्य प्रदेशको वरणपुर सहरमा छ ।

यसका मालिक आन्द्र प्रकाश चोक्सीले महल आफ्नै श्रीमतीका लागि उपहार भएको जनाएका छन् । यसको निर्माण गर्न २० मिलियन भारतीय रुपैयाँ मात्र लागेको छ ।

चाक्सीको यो प्रतिआकृति भने ५० गजको क्षेत्रफलमा बनाइएको छ । थुप्रै दर्शकलाई आकर्षित गर्ने किसिमले त्यहाँ अस्पताल पनि बनाइएको छ । चोक्सीले विभिन्न व्यक्तिले विवाह अगाडीको फोटो सुट गर्न पनि सुरु गरी सकेको बताएका छन् ।

उनले यस ग्रामीण परिबेसमा सबैको एक आपसमा चिनजान भएका कारण कसैलाई पनि आफूले रोक्ने नगरेको चोक्सीले बताएका छन् । आनन्द प्रकाशले घर भित्रको सोफालाई आफ्नो अनुकूल किनेर तयार गरेको बताएका छन् ।

यो ऐतिहासिक क्षेत्रको अध्ययन गर्नका लागि तीन वर्ष लागेको थियो । आनन्द प्रकाश धेरै जसो आगरामा पुगेर यसको बारे जानकारी लिने गरेका थिए । यसमा श्रीमती मञ्जूषाले पनि त्यत्तिकै साथ दिएकी थिइन् ।

धेरैलाई आश्चर्य लाग्न सक्छ, ताज महल भन्दा अघि नै हुमयन टम्ब धेरै पुरानो हो । राजा अकबरको यस हुमयन टम्बको डिजाइनबाट प्रभावित भएर ताज महल बनाइएको चर्चा पनि यदाकदा इतिहासकारहरूको बिचमा छ । भारतीय राजधानी नयाँ दिल्लीको बिचमा रहेको को बिचमा रहेको यो रातो ‘ स्यान्ड स्टोन ’ले बनेको हो ।

उनीहरूले घरको थ्रिडी इमेज पनि इन्टरनेटमा राखेका छन् । यसका कारण इन्जीनीयरलाई पनि सजिलो भएको उनले बताएका छन् । चोक्सी ताज महलको सुन्दरताबाट प्रेरित हुने पहिलो व्यक्ति होइनन् । यसबाट प्रेरित भएर प्रतिआकृति बनाउने धरै छन् ।

२०१३ मा उत्तर प्रदेशमा अवकाश प्राप्त सरकारी अधिकृतले पनि ताज महलको प्रति आकृति तयार गरेका थिए । ती व्यक्तिले पनि आफ्नो श्रीमती स्मरणमा त्यो घर बनाएका थिए । तर, चोक्सीले भने यो घर आफ्नी श्रीमतीलाई मात्र समर्पण गरेका छैनन् ।

अहिले ताज महलमा पनि फोहोर हुन थालेको छ । यस कारण सफा रहेको ताज महलका लागि सबैलाई प्रेरित गर्ने लक्ष्य रहेको चोक्सीले बताएका छन् । चोक्सीले सामाजिक असमानता र भिडभाडको बिचमा आफूले बनाएको ताज महलले प्रेमको नयाँ रूपको सङ्केत गरेको बताएका छन् ।

शिक्षक रहेका चोक्सीले निर्माण गरेको यो ताज महलको क्षेत्रफल सक्कली ताज महलको भन्दा एक तिहाइ छ । चोक्सीले मुमताजको यस सहरसँगको ऐतिहासिक साइनो भएका कारण पनि यो निर्माण गर्न आफूलाई प्रेरणा मिलेको बताएका छन् । सक्कली ताज महल यमुनाको किनारमा छ भने यो ताज महल मुमताजले शताब्दी अघि अन्तिम सास फेरेको वरुणपुरमा रहेको छ ।

रानीको त्यहीँ स्थानमा अन्तिम सन्तानलाई जन्म दिने क्रममा निधन भएको हो । यो निर्माणमा आर्कीटेक प्रवीण चाक्सीको भूमिका पनि त्यत्तिकै थियो । उनले यसैका लागि अनुभवी ठेकेदार मुस्ताक भाइसँग सम्पर्क गरेका थिए ।

संसारकै एक आश्चर्य रहेको ताज महलका यस अघि नै संसारका ठुला सहरमा पुन आकृति तयार भएका थिए । ‘बिबिका मकवारा ’ नामको हैदरावादको महललाई गरिबको ताज महल पनि भनिन्छ । औरगंजेवका छोरा अजम खानले आफ्नी आमा रवि उर दुवार्नीकाको स्मरणमा यो महल बनाएका हुन् ।

चीनले पनि सेन्जेजनमा आफ्नै शैलीको ताज महल बनाएको छ । परन्तु यो ताज महललाई अन्तर्राष्ट्रिय निकायले त्यत्ति धेरै चासो र महत्त्व दिएको छैन ।

ताज अरेबिया ताज महलकै प्रतिआकृति भएको अर्को ठुलो महल हो । यो वास्तविक ताज महल भन्दा चार गुणा ठुलो पनि छ । यसमा ३ सय ५० कोठाको होटेल हो । यो संसारकै पायनीयर होटेल मात्र होइन, धेरैका लागि लक्षित गन्तव्य पनि बन्ने गरेको छ ।

बेलायतमा रहेको रोयल पवेलीयन ताज महलको अर्को प्रतिआकृति हो । ब्रीङटन पवेलीयन पनि भनिने रोयल पवेलीयन वेल्सका युवराज जर्ज प्रीन्सको स्मरणमा बनाइएको हो । यसको आर्कीटेक १९ औ शताब्दीको इन्डो – सेरासेनीक स्टाइलमा रहेको छ । यो स्टाइल परम्परागत रूपमै नेपाल र भारतमा परिचित र लोकप्रिय रहेको थियो । नेपालका धेरै पुराना मन्दिर र दरबार समेत यो स्टाइलमा रहेका छन् ।

संसारमा ताज महलको चर्चा गर्ने, यसको भ्रमण गर्न चाहने र यसलाई अनुसरण गर्दै यसै आकृतिमा निर्माण गर्ने क्रम सायद लामो समय चली रहने छ । जहान शाह र मुमताजको युगको तीन शताब्दी पार भई सक्दा पनि उनीहरूको प्रेमलाई मान्छेलाई सम्झी रहेका छन् । सायद अझ लामो समय यो जोडीलाई सही प्रेमको प्रतीकको रूपमा मान्छेलाई सम्झी रहने छन् ।

बङ्गलादेशको ताज महल ढाकामा रहेको छ । यसलाई बङ्गलादेशी फिल्म मेकर आसानुला मोनीले निर्माण गरेका हुन् । उनी आगरामा ताज महलको भ्रमण गरी सके पछि आफ्नै देशमा गएर यसको निर्माण गरेका हुन् । २००८ मा यसको निर्माण भए पछि ढाकामा पर्यटकको आगमनमा समेत वृद्धि हुने अनुमान गरिएको थियो ।

ताज महलको अर्को प्रतिरूप अमेरिकामा पनि छ । भाइनयार्डका इन्टरप्रेनर बिल हर्नार ७० को दशकमा भारत भ्रमणमा थिए । भारतमा ताज महलको भ्रमण गरे पछि उनलाई पनि आफ्नै ठाउँमा क्यालिफोर्नियामा यसको प्रतिरूप बनाउने झोक चलेको थियो । यसै कारण, उनले क्यालिफोर्नियामा ताज महल हाउस बोटको निर्माण गरेका हुन् ।

धेरैलाई आश्चर्य लाग्न सक्छ, ताज महल भन्दा अघि नै हुमयन टम्ब धेरै पुरानो हो । राजा अकबरको यस हुमयन टम्बको डिजाइनबाट प्रभावित भएर ताज महल बनाइएको चर्चा पनि यदाकदा इतिहासकारहरूको बिचमा छ । भारतीय राजधानी नयाँ दिल्लीको बिचमा रहेको को बिचमा रहेको यो रातो ‘ स्यान्ड स्टोन ’ले बनेको हो ।

यसैगरी, लखनउमा रहेको साहज्यादीका मकवारा ताज महलको अर्को प्रतिआकृतिको रूपमा रहेको छ । यसै गरी, इन्डोनेसियामा पनि ताज महलमा दुई आकृति चर्चामा छन् । पश्चिम सुमात्रामा रहेको अल हकिम मस्जिद ताज महलकै आकृतिमा छ । जाकार्तामा रहेको रामलाई मोसाफा पनि ताज महलको अर्को आकृति हो ।

कुवेतमा सिद्धिका फतीमा अल जाहरा मस्जिद पनि ताज महलकै आकृतिमा छ । मलेसियामा नेगोल्यान्ड मलेसिया रिसोर्ट पनि ताज महलकै रूपमा छ ।

ताज महलको प्रभाव र यसको अर्को आकृति बनाउने क्रममा एसियामा मात्र होइन, उत्तर र दक्षिण अमिरकामा पनि त्यत्तिकै छ । क्यानडाली राजनीतिज्ञ थोमस फोस्टरको स्मरणमा थोमर फोस्टर मेमोरियल मन्दिर निर्माण भएको छ । यो ताज महलकै स्वरूपमा छ ।

अमेरिकामा पनि ताज महलमा आकृति छ । न्यु जर्सीको एटलान्टीक सिटीमा ट्रम्प ताज महल क्यासिनो यसै आकृतिको छ । विन्सकनमा यसै आकृतिको ट्रिपोली साइन मन्दिर छ ।

संसारमा ताज महलको चर्चा गर्ने, यसको भ्रमण गर्न चाहने र यसलाई अनुसरण गर्दै यसै आकृतिमा निर्माण गर्ने क्रम सायद लामो समय चली रहने छ । जहान शाह र मुमताजको युगको तीन शताब्दी पार भई सक्दा पनि उनीहरूको प्रेमलाई मान्छेलाई सम्झी रहेका छन् । सायद अझ लामो समय यो जोडीलाई सही प्रेमको प्रतीकको रूपमा मान्छेलाई सम्झी रहने छन् ।

-विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १२ : ३१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६